काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दक्षिणकाली नगरपालिका–८, छैमलेस्थित कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थीको पठनपाठनलाई सहज बनाउने र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सामग्री उपलब्ध गराएको हो ।
बैंकले विद्यालयमा अध्ययनरत २०६ भन्दा बढी विद्यार्थीलाई लक्षित गरी ट्र्याकसुट, टिसर्टलगायत विभिन्न शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।
भदौ ४ गते आयोजित कार्यक्रममा एनआईसी एशिया बैंकका काठमाडौं दक्षिण सर्कल प्रमुख उज्ज्वल रिमाल र फर्पिङ शाखा प्रमुख सुदीप रेग्मीले विद्यालयका प्रधानाध्यापक रमेश आचार्यलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीको नियमित पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयमा सकारात्मक तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
