Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उदयपुर सिमेन्टले थन्किएको गैँडा छाप सिमेन्ट बेच्न थाल्यो

उदयपुर सिमेन्टले थन्किएको गैँडा छाप सिमेन्ट बेच्न थाल्यो
अ+ अ-

उदयपुर। बोरा अभावमा लामो समयदेखि गोदाममै थन्किएको उदयपुर सिमेन्ट उद्योगको ‘गैँडा छाप’ सिमेन्ट बिक्री सुरु भएको छ।

उत्पादन भइसकेको सिमेन्ट प्याकिङ गर्न नसक्दा करिब ६ करोड रुपैयाँ मूल्य बराबरको सिमेन्ट लामो समयदेखि उद्योगको भकारीमा थन्किएको थियो।

उद्योग प्रशासनले बोराको व्यवस्था गरेपछि दैनिक करिब ५०० बोरा सिमेन्ट बिक्री भइरहेको बिक्री शाखा प्रमुख मीरा राईले बताइन्। उद्योगले प्रतिबोरा ७२५ रुपैयाँमा बिक्री गर्दै आएको छ। बिहीबारसम्म बिक्रीबाट करिब १४ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उद्योगले जनाएको छ।

उद्योगका निमित्त महाप्रबन्धक वैद्यनाथ झाका अनुसार तत्कालका लागि चितवनस्थित आशीर्वाद पोली प्याक्स प्रालिबाट ५३ हजार १८७ थान बोरा ल्याइएको छ। यसबाट लामो समयदेखि प्याकिङ हुन नसकेको सिमेन्ट बजारमा पठाउन थालिएको हो।

हाल उद्योगको भकारीमा करिब ४ करोड रुपैयाँ मूल्यको ४० हजार बोरा तयारी सिमेन्ट मौज्दात रहेको छ। त्यस्तै, उत्पादनका लागि तयार पारिएको करिब २ करोड रुपैयाँ मूल्य बराबरको २० हजार बोरा क्लिङ्कर समेत मौज्दात रहेको झाले बताए।

तर, सिमेन्ट बिक्री सुरु भए पनि उद्योगको समग्र वित्तीय संकट भने यथावत् छ। लामो समयदेखि उत्पादन बन्द हुँदा उद्योगको दायित्व ५ अर्ब ३० करोड रुपैयाँभन्दा बढी पुगेको झाले बताए।

गत फागुनदेखि उद्योगको उत्पादन पूर्ण रूपमा बन्द छ। उत्पादन ठप्प भएपछि कर्मचारीले नियमित तलबसमेत पाउन नसकेको अवस्था छ। लामो समयदेखि मेसिन तथा उपकरण सञ्चालनमा नआउँदा केही उपकरणमा खिया लाग्न थालेको कर्मचारीहरूले बताएका छन्।

सरकारी स्वामित्वको उद्योग लामो समयदेखि नियमित सञ्चालनमा आउन नसक्दा अधिकांश कर्मचारी कामविहीन बनेका छन्। पछिल्लो समय पुरानो मौज्दात सिमेन्ट बिक्री सुरु भए पनि उद्योगलाई नियमित उत्पादनमा फर्काउनु मुख्य चुनौती बनेको छ।

2