Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो।

गत आवको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो। साउनमा रु ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ।

गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ। गत आवको साउनमा भने रु २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ।

2