Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव

जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव
अ+ अ-

सुर्खेत। जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ।

उद्योग वाणिज्य संघ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको सहआयोजनामा बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला शुरु गरिएको हो। कर्णाली प्रदेशको कृषि, पर्यटन, संस्कृति तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ १० दिने बृहत् औद्योगिक व्यापार महोत्सव शुरु गरिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले बताए।

जुम्ला सदरमुकामको प्रस्तावित रंगशाला राजासिममा आयोजना भएको महोत्सवको उद्घाटन संघीयसभाका सांसद गजेन्द्रबहादुर महतले गरे। चन्दननाथ बहुउद्देश्यीय सहकारीका महिलाले कर्णाली मौलिक पहिचानका रुपमा रहेको खस सभ्यता झल्काउने मागल गानको बीचमा सांसद महतले महोत्सवको उद्घाटन गरे।

वैशाख १३–२३ गतेसम्म सञ्चालन हुने महोत्सवमा बोल्दै सांसद महतले महोत्सवले उद्योग, पर्यटन र संस्कृतिको क्षेत्रको प्रवद्र्धनमा प्रेरणा, उद्यमीलाई अवसर र जिल्लाका लागि नयाँ कार्ययोजनाका साथ अघि बढ्न निर्देश गरेको जनाए। “अब आयातमा बाँच्ने होइन, स्थानीय उत्पादन बढाउ। हाम्रा स्थानीय बाली नै मुलुकका लागि उत्तम खाद्य मानिन्छन्,” उनले भने।

उनले यहाँको स्याउ, सिमी, कालिमार्सी र रातीमार्सी धान तथा पशुपालनलाई बढोत्तरी गर्दा मुलुक समृद्धिमा सहयोग पुग्ने बताउनुभयो। एक फरक प्रसंगमा सांसद महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्राविधिक शिक्षालय कर्णालीका सम्पत्ति भएकाले तिनको जगेर्ना र गुणस्तरीयता ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन पूर्वराज्यमन्त्री बलबहादुर महत, पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवर, जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढा, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसहित कलाकारको उपस्थिति रहेको थियो।

महोत्सवको आकर्षण स्थानीय उत्पादन

उद्योग वाणिज्य संघ जुम्लाद्वारा आयोजित महोत्सवमा स्थानीय उत्पादन अर्गानिक स्याउ, फापर, कोदोका परिकार, चिनो, कागुनोको खीर, मकै तथा मार्सेका लड्डु, राडीपाखी, खरायोको टोपी, गलबन्दी मुख्य आकर्षण बनेका छन्।

आलु चिप्स, कोदोको मःमः, फापरको केक, चौँरीको दूधबाट बनेको छुर्पीका साथै पुराना संस्कृतिका कपडासमेत नमूनाका लागि महोत्सवमा राखिएको आयोजक संघले जनाएको छ। त्यस्तै, स्टेशनरी सामान, कपडा होलसेल बिक्री, विभिन्न सामानका गरेर १५० स्टल महोत्सवस्थलमा राखिएका छन्।

महोत्सवमा आठवटै स्थानीय तहका लोक संस्कृतिका देउडा प्रतियोगिता, गायन, यहाँको विवाहमा देखाइने बालो नाच, स्थानीय ढाल नाच, स्थानीय र राष्ट्रियस्तरका चर्चित गायकको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने भएका छन्। कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन बर्ष— २०७५’ मनाउने घोषणा गरेबमोजिम पर्यटन तथा औद्योगिक व्यापारको प्रवद्र्धन गर्ने अपेक्षाका साथ महोत्सव शुरु भएको संघका अध्यक्ष रावलले बताए।

महोत्सवको पहिलो दिनमा आन्तरिक तथा बाह्य पर्यटक गरेर तीन हजार ७०० ले अवलोकन गरेका छन्। महोत्सवमा रु ८० लाख खर्च हुने जनाइएको छ।

2