Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुपर मादी हाइड्रोपावरले १५% बोनस शेयर दिने

सुपर मादी हाइड्रोपावरले १५% बोनस शेयर दिने
अ+ अ-

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर रहेको कम्पनीले जनाएको छ।

उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ। लाभांश प्रस्ताव अनुमोदनका लागि कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियलमा १७औँ वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारणसभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

2