Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘वन तथा कृषि उद्यमलाई लगानी र रोजगारीसँग जोड्न सरकार–निजी क्षेत्र सहकार्य आवश्यक’

‘वन तथा कृषि उद्यमलाई लगानी र रोजगारीसँग जोड्न सरकार–निजी क्षेत्र सहकार्य आवश्यक’
अ+ अ-

काठमाडौं। वन तथा कृषि क्षेत्रमा रहेको सम्भावनालाई व्यवसाय, उद्यम र रोजगारी सिर्जनासँग जोड्न सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

‘वन तथा कृषि उद्यमहरूलाई गति दिने : निजी क्षेत्रको साझेदारीमार्फत स्तरोन्नति र विस्तार’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले उत्पादन, बजार, वित्त र नीतिगत वातावरणबीचको दूरी घटाउन सके वन तथा कृषि क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बन्न सक्ने बताएका हुन्।

कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले वन तथा कृषि क्षेत्रमा लगानी र उद्यमशीलताको वातावरण बनाउन कानुनी अवरोध हटाउन सरकार तयार रहेको बताइन्। चालु वर्षलाई कानुन निर्माणको वर्षका रूपमा अघि बढाइएको उल्लेख गर्दै उनले उद्यमीले भोगेका कानुनी जटिलता र सुधारका उपाय सरकारसमक्ष प्रस्तुत गर्न आग्रह गरिन्।

उनले वनलाई संरक्षणको विषयमा मात्र सीमित नराखी उत्पादन, उद्योग र उद्यमसँग जोड्नुपर्ने बताइन्। नेपालमा ४६ प्रतिशत भूभाग वनले ढाकेको र करिब २३ हजार सामुदायिक वन उपभोक्ता समूह रहे पनि त्यसबाट पर्याप्त आर्थिक लाभ लिन नसकिएको उनको भनाइ थियो।

‘हरियो वन नेपालको धन’ भन्ने अवधारणालाई वास्तविक आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताउँदै मन्त्री चौधरीले कृषि क्षेत्रमा लगानी सुरक्षित र प्रतिफलमुखी हुन्छ भन्ने विश्वास निजी क्षेत्रमा विकास गर्न सरकार आवश्यक नीति तथा कानुन निर्माणका लागि तयार रहेको बताइन्।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले नेपालको सम्भावनालाई रोजगारी र आर्थिक अवसरमा बदल्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए। उनले बाध्यताका कारण युवाहरू विदेश जानुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार दीर्घकालीन योजनासहित अघि बढिरहेको बताए।

उनका अनुसार वन क्षेत्र र सामुदायिक वन संरचनालाई उत्पादनमूलक रूपमा परिचालन गर्न सके ठूलो आर्थिक अवसर सिर्जना गर्न सकिन्छ। वित्तीय स्रोतको चुनौती भए पनि त्यसलाई मात्र कारण देखाएर अघि बढ्न नसकिने भन्दै उनले उद्यमको चरणअनुसार ‘सिड’, ‘प्रि–सिड’ र ‘ग्रोथ’ लगानी छुट्याउनुपर्ने बताए।

मल्लले सन् २०५० सम्म ६० लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिँदै निजी क्षेत्रलाई आफ्ना समस्या र योजना तथ्य तथा प्रमाणसहित सरकारसमक्ष प्रस्तुत गर्न आग्रह गरे।

आयोजक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडका अध्यक्ष मनोज पौडेलले सम्भावनालाई अवसर, अवसरलाई व्यवसाय र व्यवसायलाई उद्यममा रूपान्तरण गर्ने आधार तयार गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार संस्थाले स्थापना भएको पाँच वर्ष र व्यावसायिक रूपमा काम थालेको तीन वर्षमा ४०० करोड रुपैयाँ लगानी गरेको छ।

कार्यक्रममा काठमाडौं अर्ग्यानिकका संस्थापक भूवन केसीले सरकारी नीति र उद्यमीले व्यवहारमा भोग्ने अवस्थाबीच अझै दूरी रहेको बताए। उद्यमका लागि विश्वासको वातावरण, वित्तीय अनुशासन र उत्पादनको गुणस्तरमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

छ उद्यमलाई अवार्ड

कार्यक्रममा वन तथा कृषि क्षेत्रमा काम गरिरहेका छ उद्यमले आफ्नो उत्पादन, बजार सम्भावना, विस्तार योजना र लगानी आवश्यकताबारे प्रस्तुति दिएका थिए। प्रस्तुति, नवीनता, वृद्धि सम्भावना, दिगोपन, बजार अवसर र सामुदायिक प्रभावका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।

नर्दन फङ्गी प्रालिले उत्कृष्ट प्रस्तुति, साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्कृष्ट नवप्रवर्तन, कोदाली भेन्चर्सले उत्कृष्ट वृद्धि सम्भावना, बिनयी जैविक मल उद्यमले उत्कृष्ट दिगोपन प्रभाव, सिन्धु कफीले उत्कृष्ट बजार अवसर तथा जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले सामुदायिक प्रभाव अवार्ड प्राप्त गरे।

कार्यक्रममा ‘प्रारम्भिक सहयोगदेखि विस्तारसम्म : बढ्दो उद्यमहरूका लागि व्यवसाय विकास सेवा सहयोग’ विषयमा प्यानल छलफलसमेत गरिएको थियो। छलफलमा किसानलाई उद्यमसँग जोड्ने, प्रारम्भिक तथा विस्तार लगानी जुटाउने, बजार पहुँच बढाउने र वित्तीय संस्थासँगको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रम परिसरमा विभिन्न उद्यमीले नेपाली उत्पादनका स्टलसमेत राखेका थिए। सहभागीले उत्पादनबारे जानकारी लिनुका साथै केही वस्तु खरिदसमेत गरेका थिए। सहभागीहरूले वन तथा कृषि क्षेत्रको सम्भावनालाई उत्पादन, प्रशोधन, बजार र लगानीसँग जोड्न सके यसलाई ग्रामीण रोजगारी र हरित अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउन सकिने बताएका थिए।

2