Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
अ+ अ-

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ०२ अंकले बढेर ४४९ दशमलव १८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव २२ अंकले बढेर १७४ दशमलव १९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव १७ अंकले बढेर १५१ दशमलव ६१ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर रु दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घटेको छ । आज १९३ कम्पनीको सेयर बढ्यो भने ७५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज उपकार लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत, आत्मनिर्भर लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज एनएमबी इजर्नी बण्ड, आरबिबि म्युचुअल फण्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

2