Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त

गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त
अ+ अ-

गण्डकी। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

गोरखा–२ (क)बाट निर्वाचित मन्त्री देवकोटाले आजै पदभार ग्रहण गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले अन्य मन्त्रालयको समेत कार्यविभाजन गरेको छ ।

मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

यस्तै, यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रहनुभएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ रहेको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेको हो ।

2