Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

दाङका महिलालाई सालको पातबाट दुनाटपरी बनाएर आम्दानीको अवसर

दाङका महिलालाई सालको पातबाट दुनाटपरी बनाएर आम्दानीको अवसर
A A+ A-

दाङ। दाङको दंगीशरण गाउँपालिका-२ कलमखोलाका २० जना स्थानीय बासिन्दा सालको पातबाट दुनाटपरी बनाएर प्रत्यक्ष रोजगारी र आयआर्जनको अवसर प्राप्त गरिरहेका छन्। गाउँमै सञ्चालनमा आएको दंगीशरण दुना टपरी उद्योगले स्थानीय वनमा खेर गइरहेका सालका पातलाई व्यावसायिक उत्पादनसँग जोडेर स्थानीय महिलाहरूका लागि आम्दानीको बाटो खोलेको हो।

हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सो उद्योगले विगत दुई वर्षदेखि निरन्तर दुनाटपरी उत्पादन गर्दै आएको छ। स्थानीय राजाकोट-टिलकन्या सामुदायिक वनबाट सालका पात सङ्कलन गरी दैनिक करिब एक हजार पाँचसय थान दुनाटपरी उत्पादन भइरहेको सहकारी संस्था तथा उद्योगका प्रबन्धक चक्रमिलन विश्वकर्माले जानकारी दिए।

वनको छेउमा रहेका बस्तीका स्थानीय बासिन्दालाई वन पैदावारको समुचित सदुपयोगमार्फत आयआर्जनसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो। कुल २५ लाख रुपियाँको लगानीमा सञ्चालित उक्त उद्योगका लागि वन तथा कृषि सहज कार्यक्रम र एफएओ नेपालको सहयोगमा नौ लाख ९० हजार रुपियाँका उपकरण तथा सङ्कलन केन्द्रको भवन निर्माण गरिएको छ। उद्योग सञ्चालनका लागि आवश्यक बाँकी रकम सहकारी संस्थाबाटै लगानी गरिएको प्रबन्धक विश्वकर्माले बताए।

सङ्कलन गरिएका सालका पातमा रहने धुलो, माटो तथा किराहरू सफा गर्न आधुनिक उपकरणको प्रयोग गर्ने गरिएको छ। प्रविधिको प्रयोगबाट पात सफाइ र गुणस्तर कायम गर्न सहज भएको उद्योगको भनाइ छ। उद्योगले कच्चा पदार्थ, कर्मचारीको तलब र अन्य उत्पादन खर्च कटाएर वार्षिक करिब दुई लाख रुपियाँ बचत गर्ने गरेको छ।

स्थानीय कामदार तिला पुन र केवली खड्काका अनुसार विगतमा घाँसदाउरा र घरायसी काममा मात्र सीमित उनीहरूको दैनिकी अहिले सीप विकास र आम्दानीसँग जोडिएको छ। घाँसदाउरा गर्न जाँदा सँगै सङ्कलन गरेको सालको पात उद्योगमा बेचेर गाउँमै घरखर्च चलाउन सहज भएको उनीहरूले बताए। विकट क्षेत्र मानिने कलमखोलामा स्थानीय वन पैदावार र सीपलाई जोडेर सञ्चालित यो उद्योग महिलाहरूका लागि आर्थिक समृद्धिको आधार बनेको छ।

2