Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

राजर्षि जनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

राजर्षि जनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
A A+ A-

जनकपुरधाम। राजर्षि जनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्कोे निर्णयअनुसार विश्वविद्यालयअन्तर्गत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टागरी कोषमा जम्मा गरिने भएको हो ।

विश्वविद्यालयका अनुसार उपकुलपति र रजिष्ट्रारको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, डिन, निर्देशक, नियन्त्रक, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासकलगायत सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १५ दिन बराबरको रकम कट्टा गरिनेछ ।

सहायक डिन, सहनियन्त्रक, उपप्राध्यापक, उपप्रशासक वा सो सरहका कर्मचारीबाट १० दिनको, सहायक प्राध्यापक तथा शाखा अधिकृत वा सो सरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।

यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम कट्टा गरिनेछ ।

उक्त रकम २०८३ साल भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिने विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा जीवन काफ्लेद्वारा जारी सूचनामा विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत एवं पुनस्र्थापनाकार्यमा सहयोग पु¥याउने उद्देश्यले रकम कट्टा गर्न लागिएको उल्लेख छ । बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विश्वविद्यालयले दुःख तथा समवेदना व्यक्त गरेको छ ।

2