Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग

पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग
A A+ A-

पर्सा। जिल्लाका स्थानीय तह, विभिन्न सामाजिक सङ्घसंस्था, उद्योगपति तथा समाजसेवीहरूले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् ।

प्राकृतिक विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आज ‘क्वेस्ट फार्मास्युटिकल्स प्रालि’ ले रु ११ लाख एक हजार सहयोग गरेको छ । संस्थापक तथा निर्देशक सञ्चालन पृथ्वीराज भण्डारी ९निजु०ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम गरेको हो ।

त्यसैगरी, थारू कल्याणकारिणी समिति, पर्साले पनि रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १५ हजार जम्मा गरेको छ । वीरगन्जस्थित सामाजिक संस्था सानो पाइलाले प्रभावित रसुवाको उत्तरगया गाउँपालिकामा पुगेर तीन दिनदेखि प्रभावित परिवारलाई राहत तथा खाद्यान्न सहयोग गर्दै आएको छ । पटेर्वा सुगौली गाउँपालिकाले बाढीपीडितलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।

त्यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ पर्साले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । पर्साको कालिकामाई गाउँपालिका(१, मुड्लीस्थित श्री जनता माध्यमिक विद्यालयले रु १८ हजार १०० बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ ।

वीरगञ्जस्थित चाचान समूह र मारवाडी सेवा ट्रष्ट वीरगञ्जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु ५२ लाख ११ हजार सहयोग गरेका छन् । ठोरी गाउँपालिकाले रु ११ लाख सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले रसुवा, नुवाकोट र धादिङमा भएको बाढी(पहिरो प्रभावितका लागि राहत सङ्कलन केन्द्र स्थापना गरी राहत सङ्कलन गरिरहेको छ ।

जिप्रकाले खाद्यान्न, लत्ताकपडालगायत आवश्यक राहत सामग्री सङ्कलन गर्ने कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । प्रहरीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार भोटेकोशी बाढीमा परी पर्साका ३८ जना अझै सम्पर्कविहीन छन् ।

2