Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पेट्रोलियम पदार्थको आयातबाटै वीरगञ्जले उठायो १० महिनामा साढे ६४ अर्ब राजस्व

पेट्रोलियम पदार्थको आयातबाटै वीरगञ्जले उठायो १० महिनामा साढे ६४ अर्ब राजस्व
अ+ अ-

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ ।कार्यालयले तथ्यांक अनुसार चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातका लागि एक खर्ब ५५ अर्ब ९४ करोड रुपियाँ खर्च भएको छ ।

आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा ४६.२६ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए।

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपूजा आयातबाट १५ अर्ब २४ करोड राजस्व प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको हिस्सा भने १०.९३ प्रतिशत रहेको छ ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । मेसिनरी तथा पार्टपूर्जा आयातबाट भने चार अर्ब ५५ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपूर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने दुई अर्ब ८७ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने दुई अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ । शृङ्गारका सामान आयातबाट भने दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको छ ।

2