Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

प्रोटोन ई.मास ७ लाई अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड

प्रोटोन ई.मास ७ लाई अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड
A A+ A-

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा आयोजित कार्यक्रममा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको कम्पनीले जनाएको छ।

यो सम्मानले ई.मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रति प्रोटोनको प्राथमिकतालाई थप उजागर गरेको कम्पनीको भनाइ छ।

ई.मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता सुविधा उपलब्ध छन्। यसको २०२६ मोडलमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट थप गरिएको छ। यी प्रविधिले सम्भावित जोखिम पहिचान गर्न र सवारी सञ्चालनका क्रममा चालकलाई सहयोग पुर्‍याउँछन्।

अन्तर्राष्ट्रिय सम्मानसँगै ई.मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि बिक्री विस्तार गरेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यसका ५ हजार ५७९ युनिट बिक्री भएका छन्। अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ। सोही अवधिमा प्रोटोन ई.मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्।

नेपालमा ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ। यो विद्युतीय एसयूभी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ।

गाडीमा ३३ वटा स्टोरेज कम्पार्टमेन्ट, भेहिकल टु लोड (भी२एल) सुविधा र ७ एनएम इन्टेलिजेन्ट ककपिट चिप उपलब्ध छन्। भी२एल प्रविधिबाट गाडीको ब्याट्री प्रयोग गरी बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ। त्यस्तै, इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल तथा मनोरञ्जनसम्बन्धी सुविधालाई प्रभावकारी बनाउँछ।

नेपालमा यसको प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। प्राइममा ४९.५२ किलोवाट आवर र प्रिमियममा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। कम्पनीका अनुसार डब्ल्यूएलटीपी मापदण्डमा यी भेरियन्टले क्रमशः ३४५ र ४१० किलोमिटरसम्म रेन्ज दिन्छन्।

दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा छ। यसबाट करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ। गाडीले ११ किलोवाटसम्मको एसी र १०० किलोवाटसम्मको डीसी चार्जिङ सपोर्ट गर्छ।

अन्तर्राष्ट्रिय सुरक्षा सम्मान, चालक सहायता प्रविधि र विभिन्न सुविधासहित ई.मास ७ ले नेपालमा आफ्नो विद्युतीय एसयूभी बजार विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

2