Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो

नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो
A A+ A-

काठमाडौँ। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले बाढीपहिरोबाट प्रभावित नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतलाई तीव्रता दिएको छ ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा सडक सञ्चालनमा ल्याउन जेसीबी, टिपरलगायत उपकरण परिचालन गरी मर्मत तथा पुनःनिर्माणको काम भइरहेको छ ।

चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पच्र्याङ सडक मर्मतका लागि चारवटा जेसीबी र एउटा टिपर परिचालन गरिएको छ । विदुर–चोकदे–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडकमा पनि मर्मत कार्य जारी छ ।

चोकदे–उपल्लो गेर्खुटार–केराघारी, चोकदे–कुवापानी–बेत्रावती, कल्याणी–मलागाउँ–नीरञ्जना, हर्रे–कल्याणी, बागखोर–झ्याङ्ली तथा तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मका सडकमा पनि मर्मत तथा सुधारको काम भइरहेको कार्यालयले जनाएको छ ।

बाढीका कारण आवतजावतमा समस्या भएका स्थानमा वैकल्पिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । त्रिशूली बजार–इन्द्रायणी कोलोनी क्षेत्रमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ भने देवीघाटमा तुइन निर्माण गरिएको छ ।

चन्द्रज्योति होल्डिङ सेन्टरमा ग्राभेल गर्ने कार्यसमेत सम्पन्न भएको छ ।

2