udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्
A A+ A-

कास्की। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो।

आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा थिए।

यही भदौ ९ गते साँझ ‘भिडियो कल’मार्फत किनेका कपडा देखाउँदै ‘यो कलर कस्तो छ’ भन्दै उनले परिवार र दिदीबहिनीसँग खुशी साट्नु भएको थियो।

दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने उनको त्यो सपना अब सँधैका लागि अधुरै रह्यो। टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन थिए। बाढीमा परेका उनको अवस्था त्यसयता अज्ञात छ।

घटनापछि ज्यान जोगाएर फर्किन सफल उनका सहकर्मीका अनुसार अधिकारी बाढी आउनुअघि अन्य साथीसँगै कार्यालयकै काममा थिए। सोही बाढीमा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका थिए।

पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएर गएका अधिकारी यसबीचमा दुई पटक घर आएका थिए। परिवारका सदस्य उनी फेरि सकुशल घर फर्किन्छ भन्ने आशामा बसे तर,उनको कुनै खबर आएन।

बाढी आएको दिन बिहानसम्म अधिकारी परिवारसँग सम्पर्कमा थिए। त्यसपछि भने उनीसँग परिवारको कुनै सम्पर्क हुन सकेन।

परिवारले पटक–पटक उनको मोबाइलमा फोन गर्‍यो। विभिन्न ठाउँमा बुझे र अस्पताल र शव राखिएका स्थानमा समेत खोजी गर्‍यो। सुरुमा अप्ठ्यारो भूगोलका कारण सम्पर्क हुन नसकेको हुनसक्ने भन्दै परिवारले उनी सकुशल फर्किने आशा मारेको थिएन।

बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको आशा समाप्त भयो। लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दु संस्कारअनुसार शुक्रबार कुशको शव बनाएर शुक्रबार रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरेर काजकिरिया सुरु गरेको छ।

छोरा विनय अधिकारीले बुबासँग बाढी आउनु दिनको बिहानसम्म परिवारको सम्पर्क रहे पनि त्यसपछि कुराकानी हुन नसकेको बताए।

“बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ। तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन।” उनले मलिन अनुहार र सुस्त आवाजमा भने।

बुबा बेपत्ता भएपछि परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा विभिन्न अस्पताल र स्थानमा खोजी गरेको विनयले बताए। धादिङमा एउटा शवको तस्बिर मिल्दोजुल्दो देखिएपछि परिवार शव पहिचानका लागि त्यहाँसम्म पुगेको थियो। तर, प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो।

“धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौँ,” विनयले भने, “तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो।”

अधिकारीका छिमेकी र मिल्ने साथी रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्कविहीन भएदेखिनै समावेशी टोलमा सन्नाटा छाएको बताए।

सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको उनले बताए। शव वा अन्य कुनै सुराकको खोजीमा पोखरा, चितवनलगायतका अस्पतालसम्म पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उनको भनाइ छ।

“जागिरका क्रममा उनी टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो। टाढा रहे पनि उहाँलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो। कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो। साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,” बरालले दुःख व्यक्त गरे।

सामाजिक कार्यमा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि उत्तिकै रुचि राख्थे। समावेशी टोलको सहसचिवका रूपमा उनले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए।

उनको अर्को विशेष परिचय थियो मुरलीको मधुर धुन। विशेषगरी साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उनको कला टोलवासीका लागि अहिले सम्झना बनेको छ।

छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउथे।

“साथीभाइ जम्मा हुनेबित्तिकै उनले मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउन्थे। उन घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ। अर्को मुरली उनको सम्झनाका लागि घरमै राखेका छौँ,” पाण्डेले भने।

तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ। उनका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी छन्।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेका छन्। घटनामा परेर कुनै जानकारी नपाएकाका परिवारले अझै पनि आफ्ना प्रियजन आउने झिनो आसमा छन्।

बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। अन्यको अवस्था भने हालसम्म अज्ञात रहेको उनले जानकारी दिए।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action