Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
A A+ A-

बाँके। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त विवरणअनुसार विभिन्न २१ वटा संघसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत रूपमा सो रकम संकलन गरी सहयोग गरिएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि बाँकेबाट विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाले सहयोग गरिरहेका बताए। उनका अनुसार जिल्लाबाट सबैभन्दा बढी नेपालगञ्ज उद्योग वाणिज्य संघले रु छ लाख एक हजार प्रदान गरेको छ।

बागलुङ कालिका मन्दिरद्वारा ११ लाख हस्तान्तरण

बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनाका लागि रु ११ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ। समितिका पदाधिकारीहरूले सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले संकटको घडीमा बागलुङ कालिका गुठीले देखाएको यो मानवीय संवेदनशीलता र सहयोगको सराहना गरे। उनले उक्त रकम बाढीपीडितको आवश्यकताका आधारमा पारदर्शी ढंगले राहत र पुन:रुत्थानमा उपयोग गरिने प्रतिबद्धता जनाए।

बिपी प्रतिष्ठानद्वारा ३७ लाख सहयोग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढीपीडितका लागि रु ३७ लाख दुई हजार सहयोग प्रदान गरेको छ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, स्वास्थ्य उपचार तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्रतिष्ठानका आर्थिक प्रशासन प्रमुख मोहनकुमार राईले जानकारी दिए।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारीहरुबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सनबाट सहयोगस्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गरिएको उनले जानकारी दिए।

चितवनका स्थानीय तह राहतमा संकलनमा

चितवनका स्थानीय तहले राहत, उद्धार तथा पुन:स्थापनाका लागि आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन्। स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहनलगायत साधन पनि परिचालन गरिरहेका छन्।

इच्छाकामना गाउँपालिकाका चार जना नागरिक बेपत्ता भएका जनाउँदै बाढी प्रभावितको खोज, उद्धार तथा राहतका लागि रु ११ लाख सहयोग उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीले जानकारी दिए।

कालिका नगरपालिकाले रु ३५ लाख, माडी नगरपालिकाले रु. ४३ लाख ९८ हजार २०६, खैरहनी नगरपालिकाले रु १५ लाख सहयोग उपलब्ध गराउनुका साथै राप्ती नगरपालिकाले बाढीपछि नगरका एम्बुलेन्स, कृषि एम्बुलेन्सलगायत साधन तथा उपकरण खोज, उद्धार तथा अन्य सहयोगमा परिचालन गरिरहेको नगरप्रमुख शमशेर लामाले जानकारी दिए।

यसअघि भरतपुर महानगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि रु एक करोड एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ भने रत्ननगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ।

चितवनका स्थानीय तहले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापनलगायतका कार्यमा समेत सहयोग गरिरहेका छन्। स्थानीय तहका एम्बुलेन्स, शववाहन तथा अन्य आवश्यक साधनस्रोतसमेत यस कार्यमा परिचालन गरिएका छन्।

2