Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

युके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

युके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ
अ+ अ-

काठमाडौँ, जेठ २७ गते । वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले पराजुली र शर्मालाई आइतबार काठमाडौँ महानगरपालिका ३२ नरेफाँटबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

उनीहरुले यूके पठाउने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपियाँ ठगी गरेको प्रहरीले बताएको छ । दुबै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

2