Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी–पहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध

बाढी–पहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध
A A+ A-

काठमाडौँ। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने केही सडकमा एकतर्फी तथा सीमित सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवाका मुख्य राजमार्ग तथा त्रिशूली–स्याफ्रुबेशी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। सोही राजमार्गको परेवाभीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्।

पहिरोका कारण म्याग्दीको बेनी–जोमसोम सडकखण्ड, मुगुको मुगु–गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग तथा अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

रोल्पाको शहीद मार्गअन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो गएपछि यातायात सञ्चालन हुन सकेको छैन।

यसैगरी, काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि–चिसापानी सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा भने १० टनसम्मका सवारीसाधनलाई निश्चित समय तोकेर मात्र आवागमनको अनुमति दिइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ। बाढीका कारण बेत्रावतीस्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवरुद्ध सडकखण्डमा तत्काल यातायात सञ्चालन गर्न कठिनाइ रहेको भन्दै यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

2