Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’

‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’
A A+ A-

त्रिशूली। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन्।

त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती वस्ती जोखिममा परेका हुन्।

जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका–४ को दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए। उनको अनुसार १०० भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटारसहित आसपासका बस्ती जोखिममा परको हो।

हालैको बाढीबाट विदुर नगरपालिका–१ को बान्द्रे, वडा नं ४ स्थित बसपार्क, बेलकोटगढी नगरपालिका–७ स्थित छब्बिसेको बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ।

नदीको कटान निरन्तर भइरहेका स्थानका बस्ती तत्कालै खाली गरेर उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरणको लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ रेग्मीले जानकारी दिए।

नदीले कटानको बस्तीसहित उक्त स्थानमा रहेका सामुदायिक तथा सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ। बेलकोटगढी–७ को छब्बिसेमा बस्तीसहित गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको गल्छी–देवीघाट सडक खण्डलाई क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भदौ १० को बाढीबाट बचेको संरचनालाई समेत निरन्तर नदी कटानका कारण प्रभावित तुल्याएको छ। अहिले गल्छी–देवीघाट सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

नदीको कटानले स्थानीय बसपार्कसहित नेपाल विद्युत् प्राधिकरणले उक्त स्थानमा निर्माण गरेको ‘चार्जिङ स्टेशन’, विदुर नगरपालिकाले निर्माण गरेको कोसेली घरसहितको संरचना पनि जोखिममा परेको छ।

यसैबीच, भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीले जग्गा कटान गरेको, भवनसहितका भौतिक संरचना ध्वस्त बनाएको अवस्थामा बाढीबाट प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सरकारको ध्यानाकर्षण गरेको छ।

2