Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने

युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
A A+ A-

किएभ। युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ ।

युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेतावनी दिए ।

इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाका अनुसार मार्चेन्कोले सन् २०२२ पछि अहिलेसम्म यस्तो अवस्था नदेखिएको बताए । उनका अनुसार युक्रेन अहिले आवश्यक वित्तीय स्रोतको अभाव हुने जोखिमसँग निकै नजिक पुगेको छ ।

मार्चेन्कोका अनुसार सन् २०२७ मा युक्रेनलाई कुल ५० अर्ब अमेरिकी डलर बराबरको बाह्य वित्तीय सहयोग आवश्यक पर्ने अनुमान गरिएको छ । तर, आवश्यक रकममध्ये ३२ अर्ब ६ करोड डलर बराबरको रकम जुटाउने स्रोत अझै सुनिश्चित हुन सकेको छैन ।

आवश्यक आर्थिक सहयोग प्राप्त गर्न नसकेमा युक्रेनले गैरसैनिक क्षेत्रमा हुने सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आउन सक्ने अर्थमन्त्री मार्चेन्कोले बताए।

लामो समयदेखि जारी युद्धका कारण देशको सरकारी खर्च र वित्तीय आवश्यकतामाथि ठूलो दबाब परेको अवस्थामा बाह्य सहयोगको अभावले आर्थिक समस्या थप गम्भीर बन्न सक्ने उनको भनाइ छ ।

यसैबीच, मार्चेन्कोले युक्रेनलाई आर्थिक सहयोग उपलब्ध गराउन रोक्का गरिएका रुसी सम्पत्तिको प्रयोगसम्बन्धी नयाँ योजना बनाउन युरोपेली सङ्घलाई आग्रह गरे।

उनका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका रोक्का गरिएका रुसी सम्पत्तिमध्ये केही रकम युक्रेनको सहयोगका लागि प्रयोग गर्न सकिने विषयमा विचार गर्न आवश्यक छ ।

युक्रेन सन् २०२२ देखि रुससँगको युद्धमा छ । युद्धका कारण देशको अर्थतन्त्र, सरकारी बजेट र सार्वजनिक वित्तमा निरन्तर दबाब परेको छ ।

आगामी वर्ष आवश्यक बाह्य वित्तीय सहयोग सुनिश्चित गर्न नसके युक्रेनको गैरसैनिक सरकारी खर्च व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।

2