Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चन्द्रिकाको उद्धार आशाको किरण, ज्येष्ठ नागरिकलाई अलपत्र छाड्दैनौँ : प्रधानमन्त्री बालेन

चन्द्रिकाको उद्धार आशाको किरण, ज्येष्ठ नागरिकलाई अलपत्र छाड्दैनौँ : प्रधानमन्त्री बालेन
A A+ A-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा बाढी आएको ११औँ दिन ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार हुनुले सिङ्गो देशमा नयाँ आशा जगाएको बताएका छन्।

शनिबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै निरन्तर र दृढताका साथ भइरहेको बताएका हुन्। उनका अनुसार चन्द्रिका श्रेष्ठको उद्धारले राज्य संयन्त्रले विपद्को समयमा नागरिकको खोज तथा उद्धारमा निरन्तर प्रयास गरिरहेको सन्देश दिएको छ।

नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले श्रेष्ठलाई जीवितै उद्धार गरेको थियो। घटनापछि प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रबाट यसअघि पनि चन्द्रिकाको उमेर समूह तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकको उद्धार गरिएको जानकारी दिएका छन्।

बाढीका क्रममा ज्येष्ठ नागरिकले देखाएको साहस स्मरण गर्दै प्रधानमन्त्रीले विपत्तिका बेला आफ्ना नातिनातिना जोगाउन वृद्धवृद्धाले समेत असाधारण हिम्मत देखाएको उल्लेख गरेका छन्। बाढीका कारण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसमेत विस्थापित हुनुपरेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले बाढीबाट घर, सम्पत्ति र आफन्त गुमाएका ज्येष्ठ नागरिकको पीडा गम्भीर रहेको भन्दै संकटको अवस्थामा उनीहरूलाई राज्यले साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले ज्येष्ठ नागरिकलाई नआत्तिन आग्रह गर्दै भनेका छन्, “जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ। हजुरहरूसँग यो राज्य र यो सरकार सधैँ साथमा छ।”

प्रधानमन्त्रीको भनाइसँगै सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै ज्येष्ठ नागरिकसहित विपद्बाट प्रभावित नागरिकको सुरक्षा र पुनःस्थापनालाई प्राथमिकतामा राखेको संकेत गरेको छ।

2