ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका घरमै बसेर धरपडक, गाली बेइज्जती, दुव्र्यवहारलगायतका गैरकानी कार्यहरु गरेमा पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने मन्त्रालयले जनाएको छ।
काठमाडौँ। ऋण असुलीका नाममा ऋणीमाथि यातना दिने, घरबाट सामान उठाएर लैजाने तथा किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने कार्य नगर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
