Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बेसीँसहर-चामे सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक

बेसीँसहर-चामे सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक
A A+ A-

मनाङ। बेसीँसहर-चामे सडक खण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सडकको अवस्था नाजुक र जोखिमपूर्ण बनेको भन्दै स्थानीयवासीले ठूला सवारीसाधनको आवतजावत बन्द गराएका हुन्।

स्थानीय सोमबहादुर तामाङले सडक जोखिमयुक्त हुँदा स्थानीयको दैनिकी नै प्रभावित बनेकाले बाध्य भएर सवारीसाधन रोक्नुपरेको बताए। उनले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि स्थानीय आफैँ सडकमा उत्रिएको जानकारी दिए। अर्का स्थानीय सूर्यकुमारी गुरुङले हिलाम्मे सडकमा ठूला सवारीसाधन गुड्दा बालबालिकालाई विद्यालय पठाउन र घाँसदाउरा गर्नसमेत समस्या भएको गुनासो गरिन्। उनले सडक भाँसिने डरले स्थानीय त्रसित रहेको बताइन्।

प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले वर्षायाममा सडक भाँसिने जोखिम उच्च रहेको भन्दै ठूला सवारीसाधन नचलाउन प्रशासनलाई आग्रह गरिएको बताए। उनले भने, ‘सडक भाँसिएमा यस याममा पर्यटकका लागि आवश्यक सामग्री ढुवानी तथा स्थानीयवासी आवतजावतमा समस्या हुने भएकाले वर्षायाममा हेभी सवारीसाधन नचलाउन प्रशासनलाई आग्रह गरेका छौँ।’ अर्का प्रतिनिधिसभा सदस्य धर्मराज केसीले सडक भाँसिए मनाङको अन्य क्षेत्रसँगको सम्पर्क टुट्न सक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले वर्षायाममा पहाडी सडकमा पहिरो र भासिने जोखिम बढी हुने भएकाले सवारीसाधन नचलाउन पहिले नै आग्रह गरिएको बताए। उनले भने, ‘यदि सवारी चापकै कारण सडक भाँसिएमा यस सडक खुलाउन सहज छैन। तर, अटेर गर्दा स्थानीयवासी रोक्न अगाडि सरेका हुन्। समन्वय गरिरहेका छौँ।’ प्रशासनले लमजुङ प्रशासन र डुम्रे-बेसीँसहर-चामे सडक आयोजनासँग समन्वय गरी निर्माणाधीन हाइड्रोपावरका ठूला सवारीसाधन नचलाउन यसअघि नै अनुरोध गरेको थियो।

2