Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

दराज नेपालद्वारा बाढीपीडित ६ सय परिवारलाई ४५ लाखको राहत सामग्री

दराज नेपालद्वारा बाढीपीडित ६ सय परिवारलाई ४५ लाखको राहत सामग्री
A A+ A-

काठमाडौँ। दराज नेपालले बाढीबाट प्रभावित रसुवा र आसपासका क्षेत्रका करिब ६ सय परिवारलाई ४५ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ। कम्पनीले राष्ट्रिय विपत् प्रतिकार्यअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो।

दराज नेपालका अनुसार पीडित परिवारलाई चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया र बिस्कुटलगायतका अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको छ। कम्पनीले यी सामग्रीहरू सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरेको जनाएको छ।

प्रभावित क्षेत्रमा सडक तथा यातायात पूर्वाधारमा पुगेको क्षतिले गर्दा लजिस्टिक्स र डेलिभरी सेवामा चुनौती थपिएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीको टोलीले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका मार्गहरूको निरन्तर निगरानी गरिरहेको र सुरक्षित स्थानमा रहेका साझेदारहरूसँग समन्वय गरी सेवा सञ्चालन गरिरहेको जनाएको छ।

दराज नेपालका प्रबन्ध निर्देशक बेन यीले विपत्तिको घडीमा स्थलगत आवश्यकतालाई ध्यानमा राख्दै छिटो र अर्थपूर्ण सहयोग पुर्‍याउनु महत्त्वपूर्ण रहेको बताए। उनले राहत वितरणका लागि नेपाल सरकारसँग नजिकबाट समन्वय भइरहेको जानकारी दिए।

कम्पनीले प्रभावित समुदायको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै थप सहयोगको तयारीसमेत गरिरहेको छ। आगामी चरणमा खाना पकाउन आवश्यक भाँडाकुँडा र अन्य सामग्रीहरू उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ। साथै, तत्कालीन राहतपछि सरकारसँगको समन्वयमा पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा समेत योगदान गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ। सडक र यातायातको अवस्थाका कारण डेलिभरी सेवामा केही ढिलाइ वा अवरोध हुन सक्ने दराज नेपालले स्पष्ट पारेको छ।

2