काठमाडौं- बाढी र पहिरोका कारण आज पनि देशभरका विभिन्न मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। निरन्तरको प्राकृतिक प्रकोपले सडक सञ्जालमा असर पुर्याउँदा यातायात सेवा प्रभावित बनेको छ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न सडक खण्डहरु बन्द रहेका छन्। यसले गर्दा उक्त क्षेत्रको आवागमनमा समस्या कायमै छ।
त्यसैगरी आज मुगुको मुगु-गमगढी सडक पूर्णरुपमा अवरुद्ध भएको छ। रोल्पामा सहिद राजमार्ग, कालीकोट र सुर्खेतमा कर्णाली राजमार्ग तथा सल्यानमा राप्ती राजमार्ग पनि पूर्णरुपमा बन्द रहेको छ। बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा स्थानीय जनजीवन र ढुवानी सेवा प्रभावित बनेको छ।
