udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आर्थिक पुनरुत्थानका लागि अर्थमन्त्रीको ५ बुँदे विशेष योजना

आर्थिक पुनरुत्थानका लागि अर्थमन्त्रीको ५ बुँदे विशेष योजना
A A+ A-

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखिको आर्थिक मन्दी र हालैको बाढीबाट प्रभावित अर्थतन्त्रलाई गति दिन ५ बुँदे विशेष योजना सार्वजनिक गरेका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले सङ्कटबाट बाहिर निस्कन सरकारले स्पष्ट कार्ययोजना बनाएको बताएका छन्।

अर्थमन्त्रीका अनुसार सरकारले बाढी प्रभावित व्यवसायीलाई राहत दिन मन्त्रिपरिषद्बाट बिजनेस रिकभरी प्याकेज पारित गरिसकेको छ। यसले सङ्कटमा परेका उद्योगी र व्यवसायीलाई पुनः सञ्चालनमा आउन सहयोग गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र भरपर्दो बनाउन विशेष सुधारका कार्यक्रम अघि सारिएको छ।

निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्र चलायमान नहुने भन्दै सरकारले लगानी प्रोत्साहन र आर्थिक सहुलियतका प्याकेजहरू ल्याएको छ। यसका साथै नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे सूचीमा पर्नबाट जोगाउन सरकारले कानुनी र संरचनात्मक सुधारलाई उच्च प्राथमिकतामा राखेको छ।

अन्तिम बुँदामा सरकारले अन्तर्राष्ट्रिय स्रोत व्यवस्थापनलाई जोड दिएको छ। विपद्ले पुर्‍याएको क्षतिको मूल्याङ्कन गर्दै पुनर्निर्माणका लागि आवश्यक लगानी जुटाउन अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग समन्वय भइरहेको छ। वैदेशिक सहायता र अनुदानलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने सरकारको लक्ष्य छ।

डा. वाग्लेले नेपाल अहिले चुनौतीपूर्ण मोडमा रहे पनि सही हस्तक्षेप र अन्तर्राष्ट्रिय सहयोगले अर्थतन्त्र चाँडै लयमा फर्कने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘हामी केवल सङ्कट टार्न मात्र होइन, अर्थतन्त्रको संरचनामै सुधार गरेर दिगो विकासको बाटोमा जान प्रतिबद्ध छौँ।’

2

Einen Blick wert — crypto casino für spannende Casino-Action