udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता

धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता
A A+ A-

धनकुटा । धनकुृटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको संख्याघट्दै गएको छ। गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३/८४ मा १४८ नयाँ उद्योग दर्ता भएका छन्।

नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको संख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बाँस्कोटाले बताए। प्रक्रिया र मापदण्डअनुसार मात्रै छनोट गरी अनुदान वितरण गर्ने गरेकाले अनुदान नपाउने व्यवसायीले उद्योग बन्द गर्ने गरेको उनले बताए।

गत आर्थिक वर्ष २०८२/८३ मा धनकुटामा १५१ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्कअनुसार जिल्लामा उद्योग बन्द हुनेको संख्या यस्तो पाइएको हो। जिल्लामा गत आर्थिक वर्षमा १२३ उद्योग बन्द भएका छन् । वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन् । गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन्।

जसमा वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १११ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिए। उनका अनुसार उत्पादकमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधिका पाँच गरी १११ वटा नयाँ उद्योग दर्ता भएका हुन्।

वाणिज्यतर्फ खाद्यान्न र किराना गरी ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार प्रशासनतर्फ ५१६, र वाणिज्यतर्फ २४८ गरी जम्मा ७६४ उद्योग नवीकरण भएका छन्। कार्यालयमा हालसम्म चार हजार २९३ उद्योग दर्ता रहेका छन्। कार्यालयमा एक करोड ८५५ रुपैंयाँ पुँजी वृद्धि भएको छ भने ३५ लाख १७ हजार ३९९ रुपैंयाँ कर जम्मा भएको कार्यालयले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता हुनेको संख्या भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा १३४ वटा नयाँ उद्योग दर्ता भएका थिए भने गत आर्थिक वर्षमा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग बन्द हुनेको संख्या झण्डै दोब्बरले घटेको छ। अघिल्लो आर्थिक वर्ष धनकुटामा ३३६ उद्योग बन्द भएका थिए भने गत आर्थिक वर्षमा १५१ वटा मात्रै उद्योग बन्द भएका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action