Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कृष्णभीरमा सडक भासिँदा यातायात ठप्प, हवाई टिकट पाउनै मुस्किल

कृष्णभीरमा सडक भासिँदा यातायात ठप्प, हवाई टिकट पाउनै मुस्किल
A A+ A-

धादिङ। धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि काठमाडौँतर्फको यातायात सेवा प्रभावित भएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण कृष्णभीरको करिब ६५ मिटर सडक त्रिशूली नदीमा खसेपछि ठूला सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार बुटवल, भैरहवा, कपिलवस्तु, गुल्मी र अर्घाखाँचीबाट दैनिक काठमाडौँका लागि छुट्ने करिब ४ सय बस सञ्चालन हुन सकेका छैनन्। प्रालिका सञ्चालक जीवनकुमार बञ्जाडेले पश्चिमका अन्य क्षेत्रबाट समेत थप ४ सय गरी दैनिक ८ सय गाडी काठमाडौँ जान नसकेको बताए। अहिले हेटौँडा हुँदै केही साना सवारी साधन मात्र वैकल्पिक मार्गबाट सञ्चालनमा छन्।

राजमार्ग अवरुद्ध भएपछि बसपार्कहरू सुनसान बनेका छन् भने व्यवसायीहरू चिन्तित देखिएका छन्। सडक कहिले खुल्छ भन्ने यकिन नभएको अधिकारीहरूले जनाएका छन्। यसको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। लुम्बिनी क्षेत्रमा पर्यटकको सङ्ख्या घटेको छ भने अक्टोबर र नोभेम्बरका लागि गरिएका होटल बुकिङहरू रद्द हुन थालेका छन्।

सडक मार्ग बन्द भएपछि हवाई मार्गमा चाप बढेको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सङ्ख्या दोब्बरले वृद्धि भएको छ। विमानस्थलका अनुसार अहिले तीन-चार दिन अगाडि नै बुकिङ नगरे टिकट पाउन मुस्किल छ।

2