Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न न्यूजिल्याण्डले ५० लाख डलर लगानी गर्ने

अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न न्यूजिल्याण्डले ५० लाख डलर लगानी गर्ने
A A+ A-

वेलिङ्टन। न्यूजिल्याण्ड सरकारले क्षेत्रीय पर्यटन प्रवद्र्धनमार्फत अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न छवटा अभियानमा ५० लाख न्यूजिल्याण्ड डलर लगानी गर्ने भएको छ। विशेषगरी चीनका पर्यटकलाई लक्षित गरी यी अभियान सञ्चालन गरिनेछन् ।

सरकारले सोमबार जारी गरेको विज्ञप्तिअनुसार, ‘क्षेत्रीय पर्यटन प्रवद्र्धन कोष’ अन्तर्गत नर्थ आइल्याण्डको रोटोरुआमा चिनियाँ पर्यटक आकर्षित गर्ने ‘किवी नर्थ’ खाद्य तथा आतिथ्य अभियानका लागि नौ लाख ९४ हजार ९०२ न्यूजिल्याण्ड डलर छुट्याइएको छ ।

त्यस्तै, क्राइस्टचर्च तथा साउथ आइल्याण्डमा चिनियाँ पर्यटक आकर्षित गर्ने अर्को अभियानका लागि पनि नौ लाख ९४ हजार ९०२ न्यूजिल्याण्ड डलर विनियोजन गरिएको छ ।

पर्यटन तथा आतिथ्य मन्त्री लुइस अपस्टनले यो कोषले सन् २०२६ को वसन्त ऋतु तथा सन् २०२७ को ग्रीष्म ऋतुको सुरुवाती अवधिमा अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न क्षेत्रीय स्तरमा सञ्चालन हुने सहकार्यात्मक अभियानलाई सहयोग गर्ने बताए ।

“यी अभियानहरूले अष्ट्रेलिया, उत्तर अमेरिका र चीनका पर्यटकलाई न्यूजिल्याण्डमा लामो समय बस्न, थप स्थानको भ्रमण गर्न तथा स्थानीय पर्यटन र आतिथ्य व्यवसायलाई सहयोग गर्न प्रोत्साहित गर्नेछन्”, अपस्टनले भने ।

उनका अनुसार सरकारले पर्यटकलाई कम भीडभाड हुने महिनामा पनि न्यूजिल्याण्ड भ्रमण गर्न तथा प्रमुख प्रवेशद्वारभन्दा बाहिरका विभिन्न क्षेत्रको अनुभव लिन प्रोत्साहित गर्न चाहेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, छवटै अभियानले क्षेत्रीय खाना, वाइन, आतिथ्य तथा पर्यटकीय अनुभवलाई प्रवद्र्धन गर्नेछन् । यसबाट पर्यटन क्षेत्रको आर्थिक लाभ न्यूजिल्याण्डका थप समुदायसम्म पु¥याउन सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

2