Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्ने क्रम बढ्यो

भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्ने क्रम बढ्यो
A A+ A-

काठमाडाैं। भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने दाताहरूको संख्या बढ्दै गएको छ। विभिन्न स्थानीय तह, संघ-संस्था र व्यवसायीहरूले कोषमा रकम जम्मा गरिरहेका छन्।

भक्तपुर नगरपालिकाले राहत कोषमा ७५ लाख ७१ हजार ६७९ रुपैयाँ सहयोग गरेको छ। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा सञ्चालित विभिन्न शैक्षिक संस्था तथा ख्वप अस्पतालका कर्मचारीहरूको मासिक तलबबाट उक्त रकम संकलन गरिएको हो।

त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित शुभकामना बहुउद्देश्यीय सहकारी संस्थाले १ लाख १ हजार १३० रुपैयाँ र तनहुँ सुनचाँदी व्यवसायी संघले १ लाख ४२ हजार ४०० रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्। संघका अध्यक्ष हरि गहतराजका अनुसार व्यवसायीहरूबाट रकम संकलन गरी सहयोग गरिएको हो। यसैगरी, नेपाल दशनामी समाज तनहुँले यस वर्षको ‘दर खाने कार्यक्रम’ स्थगित गरी ६४ हजार ४५५ रुपैयाँ कोषमा हस्तान्तरण गरेको छ।

सुर्खेत उद्योग वाणिज्य संघले पनि बाढी प्रभावितहरूको सहयोगार्थ ३ लाख ३ हजार ३३३ रुपैयाँ राहत कोषमा जम्मा गरेको छ। संघका अध्यक्ष हर्षविक्रम खड्काका अनुसार व्यवसायी, पदाधिकारी र वस्तुगत समितिबाट सो रकम संकलन गरिएको हो।

यसैबीच, गृहमन्त्रालयले गोरखाको चुमनुब्री गाउँपालिका-४ नाम्रुङका बाढीपीडित चार परिवारलाई राहत सामग्री वितरण गरेको छ। हेलिकोप्टरमार्फत पुर्‍याइएको सामग्रीमा स्लिपिङ ब्याग, म्याट्रेस, कम्बल, सिरानी, त्रिपाल, टेन्ट र सोलार चार्जर रहेका छन्। बाढीले नाम्रुङस्थित दुई लघुजलविद्युत् आयोजना र दुईवटा झोलुंगे पुल बगाएको छ। पुल बगाएपछि जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म मनास्लु पदमार्गमा यात्रा नगर्न पर्यटकहरूलाई अनुरोध गरेको छ।

2