Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो
A A+ A-

काठमाडौँ। भोटेकोशी हिमबाढीका कारण पृथ्वी राजमार्गको सडकखण्ड अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ।

सडक अवरुद्ध भई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी भाडा र समय बढेको भन्दै व्यवसायीले खाद्यान्न, हरियो तरकारी, फलफूल र एलपी ग्यासको मूल्यमा वृद्धि गरेका हुन्।

नेपाल चामल, तेल, दाल उद्योग सङ्घ र नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार उपत्यकाका गोदाममा पर्याप्त मौज्दात रहेकाले तत्काल अभावको अवस्था छैन।

सामान्यतया उपत्यकामा तीन महिनालाई पुग्ने चामल र एक महिनालाई पुग्ने अन्य खाद्यान्न मौज्दात रहने गर्दछ। सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार ढुवानी असहज हुँदा उपभोग्य वस्तुको मूल्य पाँचदेखि २० प्रतिशतसम्म बढेको छ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक सातामा चिनी प्रतिकेजी १२० बाट १३५ रुपियाँ, काँचो तोरीको तेल ३७० बाट ४२० रुपियाँ र सन्फ्लावर तेल २९५ बाट ३१० रुपियाँ पुगेको छ।

त्यस्तै, जिरा मसिनो चामल प्रतिबोरा दुई हजार तीन सयबाट दुई हजार पाँच सय रुपियाँ पुगेको छ। खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी तुलाधरले गोदाममा पर्याप्त मौज्दात हुँदाहुँदै ढुवानीको बहानामा मूल्य बढाउनु गलत भएको बताए। उनले बजार अनुगमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भूमिकामाथि प्रश्न उठाउए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने विपत्को समयमा कालोबजारी र अनुचित मूल्यवृद्धि गर्नेविरुद्ध अनुगमन तीव्र पारिएको जनाएको छ।

विभागका निर्देशक अनिल किराँतीले पृथ्वी राजमार्ग बन्द भएयता उपत्यकाका ठुला गोदामदेखि खुद्रा पसलसम्म अनुगमन गरी नियमविपरीत कार्य गर्नेलाई कारबाही र जरिबाना गरिरहेको जानकारी दिए।

2