Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाँकेमा फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

बाँकेमा फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो
फाइल फोटो
A A+ A-

खजुरा। बाँकेका बजारमा फलफूलको माग बढेसँगै यहाँका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन्।

जिल्लाका किसानले आँप, केरा, मेवा, ड्रागन फ्रुट, कागती, अम्बा र स्ट्रबेरीलगायतका फलफूलको खेती विस्तार गरिरहेका छन्।

राप्तीसोनारी गाउँपालिका-२ का किसान शान्तराज गौतमले व्यावसायिक मेवा खेती गरिरहेका छन्। उनले ३६० वटा मेवाका बिरुवाबाट करिब चार लाख रुपियाँ आम्दानी हुने अनुमान गरेका छन्।

अन्य परम्परागत खेतीको तुलनामा फलफूल खेती राम्रो विकल्प भएको उहाँको भनाइ छ। किसान गौतमले भने, “बजारमा माग बढ्दा यस खेतीतर्फ आकर्षण झनै बढेको छ।”

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका-१९ का सुनिल यादवले पाँच वर्षदेखि अम्बा खेती गरिरहनुभएको छ भने बैजनाथ गाउँपालिका-१ का सर्पराज बस्नेतले नौ हजार बिरुवा स्ट्रबेरी खेतीमा लगानी गर्नुभएको छ। उहाँको बारीबाट पहिलो वर्षमै १५ क्विन्टल स्ट्रबेरी उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा हाल १२ देखि १३ प्रकारका फलफूल खेती हुँदै आएको छ।

बाँकेमा कुल एक हजार ३०० हेक्टर क्षेत्रफलमा फलफूल खेती हुने गरेको छ, जसमा सबैभन्दा बढी एक हजार १५ हेक्टरमा आँप खेती गरिन्छ। बाँकी क्षेत्रमा केरा, कागती, अम्बा र मेवा खेती हुने गरेको छ।

वरिष्ठ कृषि प्रसार अधिकृत शर्माले बाँकेको हावापानी फलफूल खेतीका लागि उपयुक्त रहेको बताए। उनले भने, “बाँकेमा फलफूल खेतीको क्षेत्र विस्तार हुँदै गएमा जिल्लाको कृषि उत्पादनमा विविधता आउनुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसरसमेत बढ्ने देखिन्छ।” कृषि ज्ञान केन्द्रले १५ कट्ठाभन्दा बढी जग्गामा खेती गर्ने किसानका लागि बगैँचा सुदृढीकरण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

2