udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सालको पातबाट दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै दङ्गीशरणका महिला

सालको पातबाट दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै दङ्गीशरणका महिला
A A+ A-

दाङ। दङ्गीशरण गाउँपालिका कलमखोलाका स्थानीय महिलाका लागि सालको पात आम्दानीको स्रोत बनेको छ।

विगतमा खेर जाने सालको पातलाई अहिले दुनाटपरी उत्पादन गर्ने माध्यम बनाइएपछि स्थानीय महिला आत्मनिर्भर बन्न थालेका छन्।

हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उद्योगले दुई वर्षदेखि सालको पातबाट दुनाटपरी उत्पादन गर्दै आएको छ। उद्योगका प्रबन्धक चक्रमिलन विश्वकर्माका अनुसार राजाकोट-टिलकन्या सामुदायिक वनबाट पात सङ्कलन गरी दैनिक करिब एक हजार पाँच सय थान दुनाटपरी उत्पादन हुने गरेको छ। यस कार्यमा २० जना स्थानीय महिला प्रत्यक्ष रूपमा संलग्न छन्।

स्थानीय तिला पुनले घरको काम र घाँसदाउरासँगै पात सङ्कलन गरी आम्दानी गर्न पाएको बताए। उनले भने, “पहिले घाँसदाउरा र घरको काममा समय बित्थ्यो।

अहिले घरको कामसँगै सालको पातबाट आम्दानी गर्ने अवसर पाएकी छु। मेरा लागि सालको पात पैसा बराबर भएको छ।” अर्की कामदार केवली खड्काले पनि गाउँमै रोजगारी पाउँदा आफ्नो सिप र समयको सदुपयोग भएको बताए।

वन तथा कृषि सहज कार्यक्रम र विश्व कृषि सङ्गठन नेपालको सहयोगमा नौ लाख ९० हजार रुपियाँ बराबरका उपकरण तथा सङ्कलन केन्द्रको भवन निर्माण गरिएको छ।

सहकारीको लगानीसमेत गरी उद्योगमा करिब २५ लाख रुपियाँ लगानी रहेको प्रबन्धक विश्वकर्माले जानकारी दिए। उद्योगले पात सफा गर्न आधुनिक उपकरणको प्रयोग गर्दै आएको छ, जसले गर्दा उत्पादनको गुणस्तर कायम राख्न सहज भएको छ।

उद्योगले सम्पूर्ण खर्च कटाएर वार्षिक करिब दुई लाख रुपियाँ बचत गर्ने गरेको छ। बजारको मागअनुसार उत्पादन बढाउन सके थप रोजगारी सिर्जना गर्न सकिने उद्योगको अपेक्षा छ।

वनमा खेर जाने सालको पातलाई आयआर्जनसँग जोडेपछि कलमखोलाका महिलाका लागि वनपैदावार आत्मनिर्भरताको आधार बन्न थालेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action