udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

होण्डाः युद्धको भग्नावशेषबाट उठेको साम्राज्य

युद्धको विनाश, शक्तिशाली भूकम्प र पटकपटकको प्राविधिक असफलतालाई अवसरमा बदल्दै सोइचिरो होण्डाले विश्व अटोमोबाइल उद्योगमा छुट्टै साम्राज्य खडा गरे।

होण्डाः युद्धको भग्नावशेषबाट उठेको साम्राज्य
A A+ A-

नेपालमा होण्डा कम्पनीको नाम नसुन्ने सायदै कोही होलान् । होण्डा नेपालमा मोटरसाइकलका लागि चर्चित नाम हो ।

सडकमा गुडिरहेका हजारौं मोटरसाइकलहरूमा होण्डाको लोगो देख्दा मानिसहरूलाई थाहा हुन्छ कि यो केवल एक ब्रान्ड होइन, विश्वभरि विश्वास र विश्वसनीयताको प्रतीक बनेको छ ।

जापानी अटोमोबाइल कम्पनी होण्डा हाल विश्व मोटरसाइकल मात्रै नभएर कार उत्पादनका क्षेत्रमा पनि महत्वपूर्ण कम्पनी मानिन्छ।

हरेक वर्ष होण्डा कम्पनीले विश्वभर लाखौं अटोमोबाइल बिक्री गर्दै आएको छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी अरू लाखौं मानिसहरूलाई रोजगारी पनि दिँदै आएको छ ।

होण्डा कम्पनी विश्व बजारमा जति प्रभावशाली छ, होण्डा कम्पनी स्थापनाको गाथा पनि उत्तिकै रोचक छ ।

यो सफलताको कथा एक साधारण लोहार परिवारको छोराको अदम्य इच्छाशक्ति, निरन्तर संघर्ष र नवप्रवर्तनको प्रेरणादायी यात्रा हो जसले विश्वको अटोमोबाइल उद्योगलाई नै नयाँ दिशा दिएको छ ।

सोइचिरो होण्डाको जीवनले देखाउँछ कि शिक्षाको अभाव, युद्धको विनाश र बारम्बारको असफलता पनि ठूलो सपनालाई रोक्न सक्दैन यदि त्यसमा लगनशीलता र सिर्जनात्मक सोच जोडिएको छ भने ।

लोहारको घरदेखि मेसिनको संसारसम्म

खासमा होण्डा कम्पनीको स्थापना सन् १९४८ मा जापानी मेकानिकल इन्जिनियर सोइचिरो होण्डाले गरेका हुन् ।

होण्डा कम्पनीका संस्थापक सोइचिरो होण्डाको जन्म लोहार परिवारमा सन् १९०६ नोभेम्बर १७ मा जापानको शिजूका प्रिफेक्चरको हामामात्सु शहर नजिकै रहेको कोम्यो गाउँमा भएको थियो ।

उनका पिता गिहेई होण्डा स्थानीय लोहार थिए भने आमा मिका होण्डा सिलाइ बुनाई गर्ने काम गर्थिन् । परिवार साधारण थियो तर पिताको हातको सीप र मेसिनप्रति उनको गहिरो रुचिले सानैदेखि सोइचिरोलाई मेकानिकल संसारमा तान्यो ।

गाउँमा साइकल मर्मत गर्ने पसल चलाउने पितासँगै बसेर उनले सानो उमेरदेखि नै मेसिनका पार्टपुर्जाहरूसँग खेल्न थाले । एक दिन गाउँबाट गुडेर गएको फोर्ड मोडल टी कार देखेर उनमा अटोमोबाइलप्रतिको असीम आकर्षण जाग्यो ।

त्यो दृश्यले उनको मनमा गहिरो छाप छोड्यो र उनले आफ्नो भविष्य मेसिन र इन्जिनसँग जोड्ने निधो गरे ।

उनले पछि सम्झना गर्दै भनेका थिए कि त्यो कार कसरी आफैं चल्न सक्छ भन्ने कुरा बुझ्न नसकेर उनी पछाडि दौडिएका थिए जबसम्म सकिन्थ्यो । त्यही क्षणले उनको जीवनको दिशा निर्धारण गर्यो ।

पढाइ छाडे तर सिकाइ छाडेनन्

लोहार परिवारबाट आएका कारण सानैदेखि मेकानिकल इन्जिनियरिङप्रति आकर्षित होण्डाले आफ्नो औपचारिक शिक्षा बीचैमा छाडेर अटोमोबाइल इन्जिनियरिङतर्फ लागे ।

उनले उच्च प्राथमिक विद्यालय पूरा गरेपछि औपचारिक शिक्षा त्यागेर सन् १९२२ मा मात्र पन्ध्र वर्षको उमेरमा राजधानी टोकियोको बाटो समाते । त्यहाँ उनी आर्ट सोखाई नामक अटोमोबाइल मर्मत कम्पनीमा प्रशिक्षार्थीका रूपमा भर्ना भए ।

सुरुमा उनलाई साधारण कामहरू मात्र दिइन्थ्यो तर उनको लगनशीलता र सीपले छिट्टै मालिकहरूको ध्यान खिच्यो । उनकै सहयोगमा आर्ट सोखाई कम्पनीका साकाकिबारा दाजुभाइले सन् १९२४ मा भएको पाँचौं जापान मोटर कार च्याम्पियनसिपको उपाधि जित्न सफल भए ।

त्यो जितले उनको आत्मविश्वास बढायो र मोटर रेसिङप्रतिको रुचि अझ बलियो बनायो । उनले त्यस समयमा कारको मर्मत मात्र होइन, यसको प्रदर्शन सुधार गर्न पनि सक्रिय भूमिका खेलेका थिए जसले उनलाई प्राविधिक ज्ञानको आधार दियो ।

आफ्नै कारखाना र पहिलो ठूलो असफलता

मिस्त्री कामको अनुभव बटुलेर सन् १९२८ मा बाइस वर्षको उमेरमा उनी आफ्नै शहर फर्के ।

उनले हामामात्सु शहरमा आर्ट सोखाईको शाखा खोले र स्वतन्त्र रूपमा काम गर्न थाले । यो समय उनमा मोटर रेसिङको ठूलो सोखको विकास भएको थियो ।

सोही अनुसार उनी सन् १९३६ मा तामागावा शहरमा आयोजना गरिएको पहिलो जापान अटोमोबाइल रेसिङमा भाग लिए । फोर्डको टर्बोचार्ज मोटर हाँकेका उनी सोही रेसिङका क्रममा दुर्घटनामा परे । उनको आँखामा चोट लाग्यो ।

सोही कारमा सवार उनका भाइ पनि घाइते भए । त्यसपछि उनले कहिल्यै मोटर रेसिङमा सहभागी भएनन् तर यो घटनाले उनलाई निराश बनाएन ।

बरु उनले आफ्नो ध्यान नयाँ सिर्जनातर्फ केन्द्रित गरे । दुर्घटनापछि पनि उनले मेसिनप्रतिको प्रेम गुमाएनन् र अझ गहिरो अध्ययनमा लागे ।

उसैपनि केही नौलो कुरा जान्न खोज्ने र नयाँ गर्न चाहने उनको बानी थियो । यसअघिसम्म उनी अटोमोबाइलको मर्मत मात्र गर्ने गर्थे तर अब चाहीँ मर्मत मात्र होइन, सामानको उत्पादन नै गर्नुपर्छ भन्ने ठानेर आर्ट सोखाई कम्पनीका साहूहरूसँग यो कुरा राखे ।

तर साहूहरूले होण्डालाई आफ्नो कम्पनी छाडेर जान दिएनन् । तैपनि उनले सन् १९३७ मा टोकाई सेइकी हेभी इन्डस्ट्रिजको स्थापना गरे ।

त्यहाँ उनले अटोमोबाइलमा प्रयोग हुने एयर पिस्टनको खोज र अध्ययनमा लागे। दिनभर उनी आर्ट सोखाईको कारखानामा अटोमोबाइलको मर्मत गर्थे भने रातिको समयमा एयर पिस्टनको अध्ययनमा लाग्थे ।

पचासमध्ये तीन पिस्टन मात्र पास

एकपछि अर्को प्राविधिक असफलताकै कारण एयर पिस्टनको अध्ययनकै लागि उनी केही समय हामामात्सु इन्डस्ट्रियल इन्स्टिच्युटमा पार्ट टाइम विद्यार्थीका रूपमा भर्ना भए ।

दुई वर्ष लामो गहन अध्ययन र कठोर परिश्रमपछि उनले अन्ततः सन् १९३९ मा आर्ट सोखाईको आफ्ना प्रशिक्षार्थीलाई जिम्मा दिएर आफ्नो ध्यान टोकाई सेइकी कम्पनीलाई दिन थाले।

उनले पछि भनेका थिए कि डिप्लोमा कागजको टुक्रा मात्र हो तर ज्ञानले जीवन परिवर्तन गर्छ । यहीबीच उनले त्यसबेलाको प्रभावशाली जापानी अटोमोबाइल कम्पनी टोयोटाका लागि पिस्टन बनाउने ठेक्का पाएका थिए ।

तैपनि प्राविधिक जटिलताका कारण उनले बुझाएका पचास मध्ये केबल तीन पिस्टन मात्र टोयोटाबाट स्वीकृत भए । यो असफलताले उनलाई झन्झटमा पार्न सक्थ्यो तर उनले हार मानेनन् ।

त्यसपछिका दुई वर्ष अझ धेरै विश्वविद्यालय र जापानका विभिन्न अटोमोबाइल कारखानाको भ्रमण गरी प्राप्त भएको ज्ञानपछि मात्र उनी औद्योगिक स्तरमा गुणस्तरीय एयर पिस्टन निर्माण गर्न सफल भए ।

उनले यस्ता पिस्टन र अन्य अटोमोबाइल उपकरण टोयोटा कम्पनी र नाकाजिमा हवाई कारखानालाई बेच्ने गर्थे । कम्पनी विस्तार हुँदै गयो र हजारौं कर्मचारीहरूलाई रोजगारी दिन थाल्यो ।

उनको यो अनुभवले गुणस्तर नियन्त्रणको महत्व बुझाएको थियो जुन पछि होण्डा कम्पनीको मुख्य विशेषता बन्यो ।

युद्धले कारखाना ढाल्यो

तर त्यसपछि जापान प्रशान्त क्षेत्रको दोस्रो विश्वयुद्धमा होमियो । यससँगै टोकाई सेइकी कम्पनी जापानको हतियार मन्त्रालय अन्तर्गत रहन गयो । केही समयपछि नै टोकाई सेइकी कम्पनीको चालिस प्रतिशत हिस्सा टोयोटा कम्पनीले लियो ।

उनी यसअघि त्यस कम्पनीको प्रमुख रहेकोमा उनको पद घटाएर वरिष्ठ प्रबन्ध निर्देशक बनाइए । दोस्रो विश्वयुद्धका क्रममा उनका अधिकांश कर्मचारी सेनामा बोलाइएका कारण उनको कारखानामा केबल महिला र अनुभवहीन विद्यार्थी मात्र काम गर्ने गर्थे ।

तैपनि उनले हिम्मत नहारी पिस्टन उत्पादनलाई सक्दो सरल बनाउनेतर्फ लागे ।

दोस्रो विश्वयुद्धकै क्रममा जापानमा अमेरिकी हवाई आक्रमण तीव्र बन्दै गयो । अमेरिकी हवाई आक्रमणको मुख्य निशानामा जापानका औद्योगिक क्षेत्र पर्ने गर्थे । सोही अनुसार हामामात्सुमा रहेको कारखाना अमेरिकी हवाई आक्रमणमा ध्वस्त भयो ।

यहीबीचमा सन् १९४५ मा जापानमा शक्तिशाली भूकम्प गयो । त्यस भूकम्पमा परी इवातामा रहेको अर्को कारखाना पनि नष्ट भयो ।

युद्धमा जापानको पराजयसँगै टोकाई सेइकी कम्पनीको बाँकी रहेको सम्पत्ति टोयोटा कम्पनीलाई केबल चार लाख पचास हजार येनमा बेचेर उनले होण्डा टेक्निकल रिसर्च इन्स्टिच्युट नामक संस्था स्थापना गरे ।

भग्नावशेषबाट मोटरसाइकलको सपना

यसअघिको सफलताबाट उत्साहित भएका उनले मोटरसाइकलको अध्ययनप्रति नै बढी जोड दिन थाले । यही इन्स्टिच्युटमा उनले साइकलमा इन्जिन राखेर आधुनिक मोटरसाइकल बनाउने र त्यसको व्यापक उत्पादन गरी प्रचलनमा ल्याउनेबारे परिकल्पना गरिरहेका थिए ।

युद्धपछिको जापानमा यातायातको चरम अभाव थियो । मानिसहरूलाई सस्तो र भरपर्दो सवारी साधनको आवश्यकता थियो । उनले युद्धकालीन अतिरिक्त जेनेरेटर इन्जिनहरू साइकलमा जडान गरी मोटरसाइकल जस्तै बनाउन थाले ।

यसले तत्काल लोकप्रियता पायो । यससँगै उनले अब आफ्नै कम्पनी स्थापना गर्ने निधो गरे । सन् १९४८ सेप्टेम्बरमा उनले अटोमोबाइलको उत्पादन गर्नका लागि होण्डा मोटर कम्पनीको स्थापना गरेर मोटरसाइकलको व्यापक उत्पादन सुरु गरे ।

विशाल बजारीकरण अभियान र वृहद उत्पादनका कारण केही समयभित्र जापानमा होण्डा कम्पनीको प्रभाव सुरु भयो । सन् १९४९ मा उनीहरूले ड्रीम नामक पूर्ण मोटरसाइकल उत्पादन गरे जुन जापानी बजारमा चर्चित भयो ।

त्यसपछि सुपर कब जस्ता मोडलहरू आए जसले विश्वभरि लोकप्रियता कमाए ।

मोटरसाइकलबाट कारको विश्वसम्म

यससँगै होण्डा कम्पनी कार उत्पादनतर्फ पनि उत्तिकै लागिपर्योव। होण्डा कम्पनी छोटो समयमा नै प्रभावशाली अटोमोबाइल कम्पनी भएर उदायो। होण्डा कम्पनीले आफ्ना उत्पादनमा केही नयाँ प्रयोग गरिरह्यो ।

त्यसबेला जापानका दुई ठूला अटोमोबाइल कम्पनीहरू टोयोटा र निसानबीच तीव्र प्रतिस्पर्धा भइरहेको थियो । यसैलाई मध्यनजर गर्दै उतिबेलाका सरकार अन्य ससाना कम्पनीहरू एकजुट भई तेस्रो ठूलो कम्पनी स्थापना गरी निसान र टोयोटाको प्रतिस्पर्धा तोडुन् भन्ने चाहन्थ्यो ।

तर होण्डा कम्पनीले एस ५०० नामक सानो र सस्तो स्पोर्ट्स कारको उत्पादन गरेपछि भने यसबाट प्रभावित भएर जापान सरकारले थप कारखाना स्थापना गर्न अनुमति दियो ।

यससँगै होण्डा कम्पनीले एकपछि अर्को गर्दै नयाँ किसिमको कार र मोटरसाइकलको खोज तथा विकासमा ध्यान बढाउँदै गयो भने नयाँ किसिमका अटोमोबाइलको उत्पादनमा जोड दिन थाल्यो ।

कम्पनीले आफ्नै शैलीको स्पोर्ट्स कारको उत्पादनलाई पनि उत्तिकै महत्व दियो । उपभोक्ताको चाहना र रुचीलाई मध्यनजर गर्दै एकपछि अर्को अटोमोबाइलको विकासले होण्डा कम्पनी जापानकै प्रभावशाली अटोमोबाइल उद्योगका रूपमा स्थापित भयो ।

उनले व्यावसायिक साझेदार ताकेओ फुजिसावासँग मिलेर काम गरे जहाँ सोइचिरो प्राविधिक पक्ष हेर्थे भने फुजिसावा व्यवस्थापन र बजार विस्तारमा केन्द्रित थिए । यो साझेदारी कम्पनीको सफलताको मुख्य आधार बन्यो ।

जापानबाट विश्व बजारसम्म

सन् १९७० को र ८० को दशकमा होण्डा कम्पनीले आफ्नो व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान थाल्यो ।

सोही अनुसार होण्डा कम्पनीले अमेरिका, युरोप, दक्षिण एशिया लगायतका क्षेत्रमा एकपछि अर्को कारखाना खोल्दै आफ्नो बजारलाई विस्तार गर्दै लग्यो ।

अमेरिकामा पहिलो विदेशी मोटरसाइकल कारखाना खोल्ने जापानी कम्पनी होण्डा नै बन्यो ।

‘होण्डा वे’ र नवप्रवर्तनको दर्शन

गुणस्तरीय उत्पादन र निरन्तर नवप्रवर्तनबाट मात्र विश्व बजार जित्न सकिन्छ भन्ने उनको दर्शन थियो । उनले कर्मचारीहरूलाई स्वतन्त्र रूपमा सोचविचार गर्न प्रोत्साहन दिन्थे र व्यवस्थापनमा परम्परागत जापानी शैलीभन्दा फरक मार्ग अपनाए जसलाई होण्डा वे भनिन्थ्यो ।

यसमा व्यक्तिको सम्मान, सिर्जनाको आनन्द, खरिदको आनन्द र बिक्रीको आनन्दजस्ता मूल्यहरू समावेश थिए । होण्डाले फर्मुला वन रेसिङमा पनि भाग लिन थाले जसले कम्पनीको प्राविधिक क्षमतालाई विश्वव्यापी रूपमा प्रमाणित गर्योम ।

सिभिक जस्ता कारहरूले ऊर्जा संकटको समयमा पनि बजार जिते किनकि यिनको इन्धन बचत क्षमता उच्च थियो ।

संस्थापक गए तर विरासत रोकिएन

सोइचिरो होण्डाले सन् १९७३ मा कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिए तर उनको विरासत अझ बलियो बन्दै गयो।

उनको मृत्यु सन् १९९१ अगस्ट ५ मा भयो तर उनले स्थापना गरेको कम्पनी आज विश्वको अग्रणी अटोमोबाइल निर्मातामध्ये एक हो । हाल होण्डा कम्पनी विश्वको महत्वपूर्ण अटोमोबाइल कम्पनीका रूपमा स्थापित भइसकेको छ ।

होण्डा कम्पनीका सवारी चढ्ने विश्वमा दशौं लाख मानिसहरू छन् ।

नेपालका सडकमा पनि होण्डाको प्रभाव

होण्डा कम्पनीले विश्वभर लाखौं मानिसहरूलाई रोजगारी समेत दिएको छ भने यसको लोकप्रियता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा पनि होण्डा मोटरसाइकल र कारहरु सडकको महत्वपूर्ण हिस्सा बन्न सफल भएका छन् ।

होण्डाको मजबुती, इन्धन बचत र मर्मतको सहजताले उपभोक्तालाई आकर्षित गरेको छ । नेपाली युवाहरूले होण्डाको मोटरसाइकललाई आफ्नो पहिलो सवारी साधनका रूपमा रोज्ने गरेका छन् जसले रोजगारी र यातायात दुवैमा योगदान पुर्याइएको छ ।

असफलतामाथि बनेको सफलता

सोइचिरो होण्डाको कथा केवल एक कम्पनीको स्थापनाको कथा होइन । यो असफलताबाट उठेर सफलता हासिल गर्ने, शिक्षाको अभावलाई अनुभव र लगनशीलताले पूरा गर्ने, र विश्वयुद्धजस्ता ठूला विपत्तिहरूबाट पनि नयाँ सिर्जना गर्न सक्ने व्यक्तिको कथा हो ।

उनले देखाए कि सपना देख्नु मात्र पर्याप्त छैन, त्यसलाई साकार पार्न निरन्तर प्रयास र साहस चाहिन्छ । उनको जीवनले प्राविधिक ज्ञान मात्र होइन, मानवीय मूल्य र कर्मचारीसँगको सम्बन्ध पनि सफलताको आधार हो भन्ने दर्शाउँछ ।

सानो कारखानादेखि विश्वव्यापी विरासतसम्म

आज होण्डा कम्पनीले मोटरसाइकल, कार, विमान इन्जिन र रोबोटिक्ससम्म विस्तार गरेको छ तर यसको मूल जरा सोइचिरोको त्यो सानो कारखाना र उनको अदम्य इच्छाशक्तिमै छ।

यो सफलताको कथाले यदि लगनशीलता र नवप्रवर्तनमा विश्वास गरियो भने साधारण पृष्ठभूमिबाट पनि विश्व स्तरको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने नेपालका युवा उद्यमीहरूलाई पनि प्रेरणा दिन्छ ।

होण्डाको गाथा यसरी नै जारी छ र भविष्यमा अझ उज्यालो बन्ने आशा छ किनकि उनको दर्शन अझै पनि कम्पनीको मार्गदर्शक बन्नुको साथै विश्वभरिका नवउद्यमीहरूलाई प्रेरणाको स्रोत बनेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action