Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सिंगापुरका प्रधानमन्त्रीको तलब ३६ लाख डलर पुग्ने

सिंगापुरका प्रधानमन्त्रीको तलब ३६ लाख डलर पुग्ने
A A+ A-

काठमाडौँ। सिंगापुरका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिकमा भारी वृद्धि गरिएको छ। नयाँ व्यवस्थाअनुसार उनको वार्षिक आम्दानी २२ लाख सिंगापुर डलरबाट बढेर ३६ लाख सिंगापुर डलर पुग्ने भएको छ, जुन ६० प्रतिशतभन्दा बढीको वृद्धि हो। सरकारले प्रतिभाशाली व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न उच्च तलब आवश्यक रहेको तर्क गरेको छ।

प्रधानमन्त्री वङले आफूले तलब वृद्धिबाट प्राप्त गर्ने अतिरिक्त रकम आगामी पाँच वर्षसम्म परोपकारी संस्थालाई दान गर्ने घोषणा गरेका छन्। सरकारले निजी क्षेत्रका उच्च तहका व्यक्तिहरूलाई राजनीतिमा ल्याउन आर्थिक अवरोध हटाउनुपर्ने जनाएको छ। नयाँ प्रणालीअन्तर्गत मन्त्रीहरूको आधारभूत पारिश्रमिक पनि ११ लाखबाट बढेर १२ लाख सिंगापुर डलर पुगेको छ। मन्त्रीहरूको वार्षिक आम्दानी उनीहरूको कार्यसम्पादन र देशको बेरोजगारी दर, आम्दानी वृद्धि तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) जस्ता आर्थिक सूचकका आधारमा १३ लाख ५० हजार सिंगापुर डलरसम्म पुग्न सक्नेछ।

यद्यपि, यो निर्णयको सिंगापुरमा आलोचना भइरहेको छ। देशमा बढ्दो जीवनयापन खर्च र रोजगारीको अवसरबारे जनता चिन्तित भइरहेका बेला नेताहरूको तलब बढाउने निर्णयप्रति असन्तुष्टि व्यक्त गरिएको छ। सिंगापुरमा हाल औसत मासिक आय ५ हजार ७७५ सिंगापुर डलर रहेको छ। यो वृद्धिसँगै वङ विश्वका अन्य प्रमुख नेताहरूको तुलनामा सबैभन्दा बढी पारिश्रमिक पाउने राजनीतिक प्रमुख बनेका छन्। तुलनात्मक रूपमा हङकङका प्रमुख कार्यकारीको आम्दानी ७ लाख १९ हजार अमेरिकी डलर र अमेरिकी राष्ट्रपतिको तलब ४ लाख अमेरिकी डलर रहेको छ।

2