Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारत-बङ्गलादेश यात्रु रेलसेवा पुनः सञ्चालनबारे छलफल

भारत-बङ्गलादेश यात्रु रेलसेवा पुनः सञ्चालनबारे छलफल
A A+ A-

ढाका। भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने विषयमा तीन दिने अन्तर-सरकारी रेलवे बैठक (आइजिआरएम) मार्फत वार्ता सुरु गरेका छन्। बङ्गलादेश रेलवेका अतिरिक्त महानिर्देशक (सञ्चालन) मोहम्मद नजमुल इस्लामका अनुसार यात्रु रेलसेवा कहिले र कुन-कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुनेछ।

मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् २०२४ अगस्टदेखि स्थगित छन्। यद्यपि, मालवाहक रेलसेवा भने निरन्तर सञ्चालनमा रहेको छ। बैठकमा भारतीय रेलवे बोर्डका सदस्य (ट्राफिक) सहितका अधिकारी तथा बङ्गलादेशका उच्च पदस्थ अधिकारी र मन्त्रालयका प्रतिनिधि सहभागी छन्। बैठकमा वित्तीय हिसाब, बक्यौता, सीमापार रेल आवागमन, परिचालन दक्षता, रेलका साधन तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल भइरहेको छ।

सन् २०२४ मा शेख हसिनाको सरकार अपदस्थ भएपछि भारत-बङ्गलादेश सम्बन्धमा आएको तनावका कारण यात्रु रेलसम्पर्क प्रभावित भएको थियो। सन् २०२६ फेब्रुअरीमा बङ्गलादेशमा नयाँ सरकार गठन भएपछि दुई देशबीचको सम्बन्ध सुधार र आवागमन सहज बनाउने प्रयास भइरहेको छ। भारतले जुन २७ देखि बङ्गलादेशी नागरिकका लागि पर्यटक भिसा पुनः जारी गर्न थालेपछि यात्रु रेलसेवा सञ्चालनको माग बढेको हो। यही विषयलाई बैठकको प्रमुख एजेन्डा बनाइएको छ।

2