udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

खरानीबाट उठ्यो भाटभटेनी साम्राज्य

जेनजी आन्दोलनको १० अर्बभन्दा बढी क्षतिपछि भाटभटेनी पुनर्निर्माणमा १४ अर्ब खर्च गर्दै ५० स्टोर र ५० हजार रोजगारीको लक्ष्यमा अघि बढेको छ।

खरानीबाट उठ्यो भाटभटेनी साम्राज्य
A A+ A-

काठमाडौं । एक वर्षअघि भाटभटेनी सुपरमार्केटका लागि व्यापारभन्दा अस्तित्व ठूलो प्रश्न बनेको थियो ।

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि देशकै ठूलो संगठित खुद्रा व्यापारिक सञ्जालमध्ये एक भाटभटेनीका स्टोरहरूमा आगजनी, तोडफोड र लुटपाट भयो । केही घण्टामै चार दशक लगाएर बनाइएको व्यापारिक संरचनाको ठूलो हिस्सा खरानीमा परिणत भयो ।

कम्पनीको विस्तृत क्षति विवरणअनुसार १२ वटा स्टोर पूर्ण रूपमा जलेका थिए भने नौवटा स्टोरमा तोडफोड र लुटपाटबाट क्षति पुगेको थियो । कम्पनीले पछि सार्वजनिक गरेको विवरणमा कुल क्षति १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँ पुगेको जनाएको छ ।

त्यसमा भवन तथा पूर्वाधारको क्षति ४ अर्ब ४० करोड ६ लाख रुपैयाँ, पूर्ण रूपमा जलेर नष्ट भएका सामानको क्षति ५ अर्ब ९६ करोड ३ लाख रुपैयाँ र लुटपाट तथा तोडफोडबाट भएको क्षति ४९ करोड ५७ लाख रुपैयाँभन्दा बढी थियो ।

तर भाटभटेनी त्यहीँ रोकिएन । विनाशको एक वर्षपछि तस्वीर बदलिएको छ । जलेका स्टोरहरू पुनःनिर्माण भएका छन्, बन्द भएका बिक्री केन्द्रहरू क्रमशः खुलिरहेका छन् र कम्पनीले उल्टै विस्तारको योजना अघि सारेको छ ।

पुनर्निर्माणमा मात्रै क्षतिको रकमभन्दा थप २० देखि ३० प्रतिशत खर्च भएको कम्पनीको भनाइ छ । यस आधारमा पुनर्निर्माण र स्तरोन्नतिमा करिब १४ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ ।

यसको अर्थ भाटभटेनीले आगजनीबाट भएको करिब १० अर्ब ८६ करोडको क्षतिलाई केवल पुरानै अवस्थामा फर्काउने काममा सीमित राखेन । कम्पनीले थप पूँजी लगाएर जलेका संरचना पुनःनिर्माणसँगै स्टोरहरूलाई पहिलेभन्दा आधुनिक बनाउने रणनीति लिएको छ ।

३५ हजारबाट ३० अर्बको साम्राज्य

भाटभटेनीको आजको आकार हेर्दा यसको सुरुवात असाधारण देखिँदैन । मीनबहादुर गुरुङले सन् १९८४ मा नक्सालस्थित भाटभटेनी मन्दिर नजिकै करिब ३५ हजार रुपैयाँ लगानीमा सानो किराना पसलबाट व्यापार सुरु गरेका थिए ।

त्यही सानो पसल क्रमशः डिपार्टमेन्टल स्टोर हुँदै अहिले देशव्यापी खुद्रा व्यापारको प्रमुख ब्रान्ड बनेको छ । कम्पनीको आफ्नै विवरणअनुसार अहिले भाटभटेनीका २७ वटा स्टोर छन् र २२ हजारभन्दा बढी कर्मचारी आबद्ध छन् ।

तर कम्पनीको वास्तविक आर्थिक आकार बुझ्न स्टोरको संख्या मात्र पर्याप्त हुँदैन । यसको कारोबारले पछिल्लो दशकमा लिएको गति अझ महत्वपूर्ण छ ।

उपलब्ध वित्तीय विवरणअनुसार भाटभटेनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७२/७३ मा ११ अर्ब ७७ करोड ९० लाख रुपैयाँ थियो । त्यसपछि २०७६/७७ मा करिब १९ अर्ब ९९ करोड ७० लाख, २०७७/७८ मा २६ अर्ब ९३ करोड, २०७८/७९ मा २६ अर्ब ८८ करोड ६० लाख, २०७९/८० मा २९ अर्ब ७९ करोड ४० लाख र २०८०/८१ मा ३० अर्ब ६२ करोड रुपैयाँ पुगेको थियो । २०८१/८२ मा भने कारोबार ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँसम्म पुगेको थियो ।

अर्थात् जेनजी आन्दोलनअघि कम्पनीको कारोबार निरन्तर विस्तारको क्रममा थियो । तर आन्दोलनले त्यो वृद्धि अचानक रोक्यो ।

गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन आम्दानी २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको ३४ अर्ब १५ करोड ६० लाखको तुलनामा यो करिब ६ अर्ब ६८ करोड रुपैयाँ कम हो । प्रतिशतमा हेर्दा गिरावट १९.५५ प्रतिशत हुन्छ ।

यसले भाटभटेनीमाथि परेको क्षतिको वास्तविक आर्थिक प्रभाव भवन र सामान जलेको रकमभन्दा निकै ठूलो रहेको देखाउँछ ।

क्षतिग्रस्त स्टोर बन्द हुनुको अर्थ केवल भवन बन्द हुनु थिएन । बिक्री बन्द हुनु, स्टक नष्ट हुनु, ग्राहक अर्को स्टोरतर्फ जानु, आपूर्ति प्रणाली अवरुद्ध हुनु र पुनर्निर्माणमा थप पूँजी लगाउनु पनि त्यसकै हिस्सा थियो ।

कम्पनीका लागि अर्को महत्वपूर्ण पक्ष कर्मचारी व्यवस्थापन थियो । ठूलो क्षतिपछि पनि कर्मचारी कटौती नगर्ने नीति लिएको व्यवस्थापनले जनाएको थियो । सञ्चालनमा रहेका स्टोरमा क्षतिग्रस्त शाखाका कर्मचारीलाई स्थानान्तरण गरिएको थियो । यसले कम्पनीको पुनःउत्थानमा सामाजिक र मानवीय पक्ष पनि जोडेको देखिन्छ ।

१४ अर्ब पुनर्निर्माणमा, बीमा अझै अधुरो

भाटभटेनीको पुनःउत्थानमा सबैभन्दा ठूलो वित्तीय चुनौती बीमा दाबी बनेको छ । कम्पनीले करिब १० अर्ब ८६ करोड रुपैयाँको क्षति देखाए पनि बीमा दाबी करिब ८ अर्ब रुपैयाँको गरेको छ ।

कम्पनीका अनुसार स्टक तथा सामानतर्फ करिब ५ अर्ब र भवनतर्फ करिब ३ अर्ब रुपैयाँको दाबी गरिएको हो ।

तर एक वर्ष पुग्दा पनि सम्पूर्ण रकम हात परिसकेको छैन । पछिल्लो विवरणअनुसार भाटभटेनीले ८ अर्ब रुपैयाँको बीमा दाबी गरेकामा हालसम्म करिब साढे २ अर्ब रुपैयाँ मात्र भुक्तानी पाएको छ ।

बाँकी रकम अझै प्रक्रियामा छ । क्षतिको मूल्यांकन, कागजात र बीमा दाबीको प्रक्रियाले समय लिएको कम्पनी पक्षको भनाइ छ ।

यो केवल भाटभटेनीको समस्या भने होइन । जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिमा करिब २३ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमा दाबी परेकोमा एक वर्षपछि करिब ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै भुक्तानी भएको बीमा क्षेत्रसम्बन्धी पछिल्लो विवरणले देखाउँछ । अर्थात् दाबीको ठूलो हिस्सा अझै फर्छ्योट हुन बाँकी छ ।

यहीँबाट भाटभटेनीको पुनर्निर्माण रणनीतिको अर्को पाटो देखिन्छ । बीमाको पैसा पूर्ण रूपमा नआइसकेको अवस्थामा कम्पनीले आफ्नै वित्तीय स्रोतसँगै बैंकिङ कर्जाको प्रयोग गरेर पुनर्निर्माण अघि बढाएको छ ।

पछिल्लो वित्तीय विवरणअनुसार कम्पनीको दीर्घकालीन कर्जा ९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ र अल्पकालीन कर्जा ८ अर्ब १० करोड १७ लाख रुपैयाँ गरी कुल बैंक कर्जा १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

अर्थात् पुनर्निर्माणको गति कायम राख्न कम्पनीले कर्जा क्षमतालाई समेत प्रयोग गरेको छ । यो पक्षलाई सामान्य पुनर्निर्माणको खर्च भनेर मात्र बुझ्न मिल्दैन । किनकि कम्पनी आन्दोलनअघि नै ठूलो आकारको कर्जा बोकेको व्यवसाय थियो ।

इक्रा नेपालसम्बन्धी सार्वजनिक विवरणअनुसार कम्पनीको ऋण सीमा बढ्दै गएको थियो र २०८१/८२ को पहिलो छ महिनासम्म कुल ऋण सीमा १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँ पुगेको थियो ।

त्यसैले अहिलेको पुनर्निर्माणले कम्पनीको भौतिक संरचना बलियो बनाउँदै गर्दा वित्तीय पक्षमा भने कर्जा र नगद प्रवाहको दबाब पनि थपेको छ ।

तर अर्को तथ्यले कम्पनीको पुनःउत्थान क्षमता पनि देखाउँछ । पछिल्लो वित्तीय विवरणअनुसार आन्दोलनबाट गम्भीर धक्का लागे पनि कम्पनीको सञ्चालन आम्दानी २७ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि कायम छ । क्षतिग्रस्त स्टोरहरू पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कारोबार पुनः बढ्ने अपेक्षा कम्पनीको छ ।

२७ मध्ये २३ स्टोर सञ्चालनमा

पुनर्निर्माणको गति हेर्दा भाटभटेनीले एक वर्षभित्रै ठूलो हिस्सा पुनः सञ्चालनमा ल्याइसकेको छ । आन्दोलनअघि कम्पनीसँग २७ वटा स्टोर थिए । तीमध्ये १२ वटा पूर्ण रूपमा जलेका थिए । थप नौवटामा तोडफोड र लुटपाट भएको थियो । सातवटा स्टोर भने सुरक्षित रहेको कम्पनीले जनाएको थियो ।

पछिल्लो अवस्थाअनुसार पूर्ण रूपमा ध्वस्त भएका १२ स्टोरमध्ये आठवटा पुनः सञ्चालनमा आइसकेका छन् । बिर्तामोड शाखा पुनः सञ्चालनमा आएपछि पुनर्निर्माण भएर खुलेका स्टोरको संख्या आठ पुगेको हो । बाँकी चारवटा स्टोर पुनर्निर्माणकै क्रममा छन् ।

यसरी कुल २७ स्टोरमध्ये २३ वटा सञ्चालनमा आइसकेका छन् । बाँकी स्टोरमध्ये केही पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् ।

कम्पनीले पुनर्निर्माणलाई केवल पुरानो भवन पुनःठड्याउने काममा सीमित राखेको छैन । क्षतिग्रस्त संरचनामा नयाँ निर्माण सामग्री, प्रविधि, सुरक्षा प्रणाली र सौन्दर्यीकरण थपिएको व्यवस्थापनले जनाएको छ । पुनर्निर्माणमा क्षतिको रकमभन्दा थप २ अर्ब २० करोडदेखि ३ अर्ब ३० करोड रुपैयाँसम्म खर्च भएको अनुमान गरिएको छ ।

यसको अर्थ एउटा स्टोर जल्दा कम्पनीले पुरानो भवनको मूल्य मात्र गुमाएन । पुनःनिर्माण गर्दा पुरानै स्तरमा फर्किनुभन्दा नयाँ मापदण्डमा जानुपर्ने अवस्था आयो । यसले लगानी बढायो, तर अर्कोतर्फ भविष्यको सञ्चालन क्षमता र सम्पत्तिको गुणस्तर सुधार्ने अवसर पनि दियो ।

भाटभटेनीको पुनरागमनमा आपूर्ति व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो । बालुवाटारस्थित मुख्य गोदाम आगजनीबाट क्षतिग्रस्त भएपछि कम्पनीको वितरण प्रणालीमा ठूलो अवरोध आएको थियो ।

तर करिब तीन महिनापछि मुख्य गोदाम पुनः सञ्चालनमा ल्याइएको थियो । त्यसपछि स्टोरहरूमा सामान आपूर्ति सहज बन्दै गएको कम्पनीले जनाएको छ ।

खुद्रा व्यापारमा स्टोरभन्दा पनि आपूर्ति शृंखला महत्वपूर्ण हुन्छ । हजारौँ प्रकारका सामान, सयौँ आपूर्तिकर्ता र दैनिक ठूलो संख्यामा ग्राहकलाई सेवा दिन गोदाम, वितरण, स्टक व्यवस्थापन र बिक्री केन्द्र एकैपटक चल्नुपर्छ । यही कारण भाटभटेनीको पुनर्निर्माणलाई केवल भवन निर्माणको परियोजना भनेर बुझ्नु अपूर्ण हुन्छ ।

७७ जिल्लामा पुग्ने अबको दाउ

विनाशपछि भाटभटेनीले लिएको सबैभन्दा ठूलो निर्णय भनेको विस्तार रोक्नुको सट्टा झन् विस्तार गर्ने हो ।

कम्पनीले चितवनको टाँडी र पोखराको लेखनाथमा नयाँ स्टोर खोल्ने योजना अघि सारेको छ । सातदोबाटो र भैंसेपाटीमा पनि आगामी चरणमा विस्तार गर्ने योजना रहेको व्यवस्थापनले जनाएको छ ।

तर यसको अन्तिम लक्ष्य अझ ठूलो छ । भाटभटेनीले देशका ७७ वटै जिल्लामा पुग्ने महत्वाकांक्षी योजना अघि सारेको छ । पहिलो चरणमा ५० वटा स्टोर पुर्‍याउने र त्यसबाट करिब ५० हजार नेपालीलाई रोजगारी दिने लक्ष्य कम्पनीले सार्वजनिक गरेको छ ।

यसलाई केवल स्टोर विस्तारको योजना भनेर बुझ्नु हुँदैन । भाटभटेनीको विस्तारसँगै जग्गा, भवन, गोदाम, यातायात, आपूर्ति, स्थानीय उत्पादन, रोजगारी र बैंकिङ कर्जामा समेत ठूलो पूँजी परिचालन हुन्छ ।

अहिले कम्पनीका २७ स्टोर छन् । ५० स्टोरको लक्ष्यमा पुग्न थप २३ स्टोर आवश्यक पर्छ । अर्थात् अहिलेको नेटवर्कभन्दा करिब ८५ प्रतिशत थप बिक्री केन्द्र विस्तार गर्नुपर्ने हुन्छ ।

त्यसका लागि पूँजी आवश्यकता ठूलो हुनेछ । अझ ७७ जिल्लाको लक्ष्य त्यसपछि आउने अर्को चरण हो । काठमाडौं, पोखरा, चितवनजस्ता उच्च उपभोक्ता क्षमता भएका शहरमा ठूलो स्टोर सञ्चालन गर्नु र दुर्गम वा साना बजारमा स्टोर सञ्चालन गर्नु एउटै व्यवसायिक मोडल होइन ।

बजारको आकार, ग्राहकको क्रयशक्ति, ढुवानी खर्च, स्थानीय प्रतिस्पर्धा र सम्पत्तिको लागतले प्रतिफलमा ठूलो अन्तर पार्न सक्छ ।

भाटभटेनीको पछिल्लो वित्तीय अवस्थाले यही चुनौतीतर्फ संकेत गर्छ । कम्पनीको कारोबार ठूलो भए पनि ऋणको भार पनि कम छैन । इक्रा नेपालसम्बन्धी सार्वजनिक विवरणअनुसार कम्पनीको कुल ऋण र मूर्त शुद्ध सम्पत्तिको अनुपात १.९ गुणासम्म पुगेको थियो भने कुल बाह्य दायित्व र मूर्त शुद्ध सम्पत्तिको अनुपात ३ गुणासम्म पुगेको देखिएको थियो ।

यसको अर्थ विस्तारको गति कायम राख्न कम्पनीले बिक्री वृद्धि, नगद प्रवाह र ऋण व्यवस्थापनबीच सन्तुलन मिलाउनुपर्नेछ ।

जेनजी आन्दोलनले एउटा कुरा भने स्पष्ट गरिदिएको छ । ठूलो कारोबार र धेरै स्टोर हुनु मात्रै पर्याप्त सुरक्षा होइन । व्यवसायिक निरन्तरताका लागि भौतिक सुरक्षा, बीमा, आपूर्ति शृंखला, तरलता र संकट व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।

भाटभटेनीको पुनःउत्थान त्यस अर्थमा नेपालको निजी क्षेत्रका लागि एउटा ठूलो व्यवसायिक केस स्टडी बनेको छ ।

करिब ३५ हजार रुपैयाँबाट सुरु भएको व्यवसायले चार दशकमा ३० अर्बभन्दा माथिको वार्षिक कारोबार गर्ने संरचना बनायो । त्यसपछि एकै घटनामा १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको क्षति व्यहो¥यो । कारोबार एक वर्षमा करिब २० प्रतिशत घट्यो ।

बीमा दाबीको ठूलो हिस्सा अझै प्राप्त भएको छैन । पुनर्निर्माणका लागि थप अर्बौं रुपैयाँ खर्च भयो । बैंक कर्जा १७ अर्ब रुपैयाँभन्दा माथि छ ।

तर यही अवस्थामा पनि कम्पनीले कर्मचारी कटौती गरेन, क्षतिग्रस्त स्टोर पुनःनिर्माण गर्‍यो र विस्तारको योजना रोकिएन ।

अब भाटभटेनीका लागि वास्तविक परीक्षा पुनः स्टोर खोल्नु मात्र होइन । १४ अर्बको पुनर्निर्माण खर्च, बाँकी बीमा रकम, १७ अर्बभन्दा बढीको कर्जा, घटेको कारोबार र आगामी विस्तारलाई एउटै वित्तीय अनुशासनभित्र राख्नु हो ।

यदि कम्पनीले यी पाँचवटै पक्षलाई सन्तुलनमा राख्न सक्यो भने जेनजी आन्दोलन भाटभटेनीको इतिहासमा विनाशको अध्याय मात्र रहने छैन । त्यो संकटबाट अझ ठूलो नेटवर्क निर्माण गर्ने मोड पनि बन्न सक्छ ।

मीनबहादुर गुरुङले ३५ हजार रुपैयाँबाट सुरु गरेको यात्रा अहिले ५० स्टोर हुँदै ७७ जिल्लासम्म पुग्ने लक्ष्यमा पुगेको छ । आगोले पुराना भवन जलायो, तर व्यवसायको विस्तार गर्ने महत्वाकांक्षा भने जलाउन सकेन ।

अब प्रश्न भाटभटेनी फेरि उठ्यो कि उठेन भन्ने होइन । खरानीबाट उठिसकेको भाटभटेनीले आगामी विस्तारलाई कति दिगो, सुरक्षित र वित्तीय रूपमा बलियो बनाउन सक्छ भन्ने हो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action