udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीले अवरुद्ध मनास्लु पदमार्ग स्थानीयद्वारा पुनःसञ्चालन

बाढीले अवरुद्ध मनास्लु पदमार्ग स्थानीयद्वारा पुनःसञ्चालन
A A+ A-

काठमाडौं। बाढीले बगाएपछि अवरुद्ध बनेको मनास्लु पदमार्ग स्थानीयले अस्थायी रूपमा पुनःसञ्चालनमा ल्याएका छन्। चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङको थेराङ र सुराङ खोलामा फड्के निर्माण गरेर पदमार्ग खुलाइएको हो।

गत आइतबार थेराङ खोलामा आएको बाढीले नाम्रुङस्थित फलामे पुल बगाएको थियो। सोही बाढीका कारण बूढीगण्डकी नदीको बहाव बढ्दा सुक्समस्थित झोलुंगे पुल पनि बगाएको थियो। पहिरोले बाटो बगाएपछि उक्त क्षेत्रमा आवतजावत पूर्ण रूपमा बन्द भएको थियो।

चुमनुब्री गाउँपालिका-४ का वडाध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार थेराङ खोलामा फड्के निर्माण गरी बाटो सुचारु गरिएको छ। त्यस्तै, सुक्सममाथि वैकल्पिक बाटो निर्माण गरी सुराङ खोलामाथि फड्के हालेर अस्थायी आवतजावत खुलाइएको हो। वडाध्यक्ष लामाले भने, ‘थेराङमा फड्के बनाएपछि त्यहाँ बाटो खुलिसकेको छ। सोमबार र मंगलबार सुक्सममाथि वैकल्पिक बाटो खनेर सुरङ खोलामाथि फड्को बनाएर अस्थायी आवतजावत खुलाएका छौँ।’

निर्माण गरिएको फड्केमा काठको मुढा तेर्स्याएर दुईतर्फी बार लगाइएको छ। सुराङको फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ निस्कने वैकल्पिक मार्ग तयार पारिएको छ। आइतबार बिहान गएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत् आयोजना र एक पुलमा क्षति पुर्‍याएको थियो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action