Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

ई-जीपी प्रणाली तत्काल पुनः सञ्चालन गर्न महासंघको माग

ई-जीपी प्रणाली तत्काल पुनः सञ्चालन गर्न महासंघको माग
A A+ A-

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा देखिएको सुरक्षा समस्याको तत्काल प्राविधिक समाधान गरी प्रणाली पुनः सञ्चालन गर्न माग गरेको छ।

प्रणाली लामो समयसम्म अवरुद्ध हुँदा सार्वजनिक खरिद प्रक्रिया र विकास निर्माणको काम प्रभावित भएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार सञ्चालित यो प्रणाली बन्द हुँदा निर्माण व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन्।

महासंघका उपमहासचिव तथा प्रवक्ता मंगल बहादुर शाहीले प्रणाली बन्द गरेर पुरानै हार्डकपी प्रक्रियामा फर्किनु दीर्घकालीन समाधान नभएको बताएका छन्।

उनले भने, “प्रणालीमा देखिएको सुरक्षा कमजोरी तत्काल पहिचान र समाधान गरी ई-जीपीलाई पुनः सञ्चालनमा ल्याउनुपर्छ।” उनले थपे, “ई-जीपी सुरक्षित बनाउनुपर्ने जिम्मेवारी पीपीएमओको हो।

सुरक्षा जोखिम देखिएपछि प्रणालीलाई अनिश्चितकालसम्म बन्द राख्नुको सट्टा आवश्यक सुधारलाई प्राथमिकताका साथ अघि बढाई निर्माण व्यवसायी र सार्वजनिक निकायको काम प्रभावित नहुने गरी तत्काल सञ्चालनमा ल्याउनुपर्छ।”

महासंघले पीपीएमओ समक्ष ५ बुँदे माग राखेको छ। जसमा प्रणालीको स्वतन्त्र साइबर सुरक्षा परीक्षण, सुरक्षा कमजोरीको तत्काल सुधार, र एक्सेस कन्ट्रोल, अडिट ट्रेल तथा डाटा प्रोटेक्सन मजबुत बनाउनुपर्ने उल्लेख छ।

सार्वजनिक खरिदमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न ई-जीपी प्रणालीको शीघ्र सञ्चालन अपरिहार्य रहेको महासंघले जनाएको छ।

2