Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाँदरले दुःख दिएपछि सामूहिक मार्सी धानखेती

बाँदरले दुःख दिएपछि सामूहिक मार्सी धानखेती
A A+ A-

गोरखा। बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन्।

गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा धेरै महँगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको व्यावसायिक खेती सुरु भएको हो।

स्थानीय उहिया कृषक आमासमूहको नेतृत्वमा वर्षौंदेखि बाँझो बसेका पाखा, पखेरामा मार्सी धानको खेती सुरु गरिएको समूहकी संस्थापक प्रमिना घलेले बताइन्। “बाँदर लागेर हैरान पारेपछि खेती गर्न छाडेका पाखेरोमा समूह गठन गरेर मार्सी धान लगाउन सुरु गर्‍र्यौं”, उनले भनिन्, “सामूहिक रुपमा काम गरेपछि आलोपालो गरेर बाँदर कुर्ने, काम गर्ने र आम्दानी पनि हुने भयो। बाँझो जमिनको पनि सदुपयोग भयो।” समूहले २०८१ सालमा २० रोपनी जमिनमा मार्सी धानखेती सुरु गरेको उनले जानकारी दिइन्।

घलेका अनुसार समूहले पहिलो वर्ष २१ मुरी धान उत्पादन गरेको थियो। दोस्रो वर्ष ३० मुरी र यस वर्ष भने करिब ५० मुरी मार्सी धान उत्पादन भएको उल्लेख छ।

‘यसवर्ष हामीले खेती गर्ने जमिन पनि बिस्तार गरेका थियौँ। यो वर्ष ४० रोपनी क्षेत्रफलमा धान लगाएकामा ५० रोपनी मार्सी धान फलेको छ”, समूहकी प्रमिना घलेले भनिन्।

उनका अनुसार समूहले मार्सी धान भित्र्याएलगत्तै खाली बस्ने जमिनमा फापरखेती गर्छ। आफूहरुले उहियामा उत्पादन हुने र बजारमा उच्च माग रहेका मार्सी धान र फापरखेती गर्दै आएको उनको भनाइ छ।

उनले भनिन्, “बजारमा यसको माग पनि उच्च छ। यहाँको उत्पादन बजारसम्म पुर्‍याउन भने केही चुनौती छन्। मार्सी धान र फापर अन्य फलफूल, तरकारीजस्तो हत्तपत्त बिग्रँदैन। यसलाई यहीँ थन्क्याएर राख्न मिल्ने र पछि मागअनुसार पठाउन मिल्ने भएर पनि खेती गरेका हौँ।” उहिया कृषक आमा समूहले कुटानी नभएको मार्सी धान र फापर क्रमशः पाथीको २२५ र ५०० रुपैयाँमा बिक्रीवितरण गर्दै आएको छ। समूहमा उहियाका २२ घरधुरी आबद्ध छन्।

विगत वर्षमा पनि उहियामा मार्सी धानखेती गरिन्थ्यो, तर त्यसको उपयोग घरायसी रुपमा मात्र गरिन्थ्यो। तीन वर्षदेखि भने महिलाले व्यावसायिक उत्पादनका लागि सामूहिक रुपमा खेती सुरु गरेका स्थानीय कुमार घलेको भनाइ छ।

“यहाँको रैथाने बाली कोदो, मकै, गहुँ आदिमा बाँदर लागेपछि त्यसको विकल्पमा मार्सी धान लगाउन थालेको हो”, घलेले भने, “यहाँ उत्पादन हुने रैथाने बाली मदिरा उत्पादनमा बढी प्रयोग हुने र त्यसले समाजमा विकृति फैलाउने भएकाले पनि महिलाले मार्सी धान उत्पादनलाई प्राथमिकतामा राखेको हुन्।”

मार्सी धान पाक्न पनि कम समय लाग्ने र यसको उत्पादनले महिलाको आर्थिक स्थिति उकासिने उनले बताए।

2