Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज२४’ वाइफाइ सेवा

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज२४’ वाइफाइ सेवा
A A+ A-

काठमाडौं। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै ‘बिज२४’ नामक व्यवस्थित वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार व्यावसायिक आवश्यकतालाई ध्यानमा राखी सुरु गरिएको यो नेपालकै पहिलो व्यवस्थित वाइफाइ समाधान हो।

व्यवसायीहरूसँगको संवाद र कार्यक्षेत्रको अध्ययनपछि तयार पारिएको यो सेवाले व्यावसायिक परिसरका सबै भागमा एकनासको र भरपर्दो इन्टरनेट सुनिश्चित गर्नेछ। यस प्रणालीलाई आधुनिक प्रविधिमार्फत टाढैबाट व्यवस्थापन गर्न सकिने सुविधासमेत उपलब्ध छ।

कम्पनीका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका साना तथा मध्यम व्यवसायहरू घरायसी इन्टरनेटमा निर्भर हुँदा कार्यक्षेत्रमा सञ्जाल नपुग्ने, मुख्य समयमा इन्टरनेट रोकिने तथा समस्याबारे जानकारी नहुने जस्ता समस्याहरू थिए। यिनै समस्या समाधान गर्न ‘बिज२४’ ल्याइएको हो।

यो सेवा स्वास्थ्य क्लिनिक, भोजनालय, साना तथा मध्यम पसल, स्टुडियो तथा साझा कार्यालयहरूका लागि विशेष उपयोगी हुने बताइएको छ। यसले परिसरको क्षेत्रफल अनुसार सञ्जाल विस्तार गर्न सघाउँछ। प्रणालीमा व्यवसाय विस्तारसँगै इन्टरनेट सञ्जाल बढाउन सकिने, सीसीटीभी र सफ्टवेयरका लागि स्थिर आईपी ठेगाना (स्टाटिक आईपी) तथा व्यावसायिक स्तरका उपकरण उपलब्ध हुनेछन्।

सेवामा समस्या आएमा छिटो समाधानका लागि कम्पनीले प्राथमिकतासहितको विशेष ग्राहक सहायता सेवा उपलब्ध गराएको छ, जसका लागि ०१-५९७००४० मा सम्पर्क गर्न सकिनेछ। यो सेवा ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन वर्गमा उपलब्ध छ। यस अन्तर्गत ग्राहकले २०० मेगाबिट प्रतिसेकेन्डदेखि १ गिगाबिट प्रतिसेकेन्डसम्मको गतिको इन्टरनेट सेवा पाउनेछन्। मूल्य अभिवृद्धि करबाहेक वार्षिक ३० हजार रुपैयाँबाट सुरु हुने यो सेवा नयाँ र पुराना दुवै ग्राहकका लागि देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

2