Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने तयारी

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने तयारी
A A+ A-

रूपन्देही। लुम्बिनी प्रदेश सरकारले यातायात सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयमार्फत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ।

यातायात सेवा सञ्चालन नभएका जिल्लाहरूमा घरेलु कार्यालयलाई शाखाका रूपमा प्रयोग गरी सेवा दिने तयारी गरिएको हो।

राप्ती उपत्यका (देउखुरी) मा बिहीबार आयोजित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन यस्तो निर्णय गरिएको जानकारी दिए।

उनले भने, ‘यातायात सेवा सञ्चालन भइरहेका स्थानमा हालकै व्यवस्था यथावत् रहने र सेवा नपुगेका जिल्लामा घरेलु कार्यालयलाई शाखाका रूपमा प्रयोग गरी सेवा प्रवाह गरिनेछ।’

सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी गरेको छ। बाँकी ६ जिल्लामा सवारी चालक अनुमतिपत्र नवीकरणलगायतका अधिकार क्रमशः प्रत्यायोजन गर्दै जाने योजना रहेको मुख्यमन्त्री आचार्यले बताए। उनले सम्बन्धित निकायलाई आवश्यक तयारीका साथ अघि बढ्न निर्देशन दिएका छन्।

यातायात क्षेत्र प्रदेश सरकारको राजस्व संकलनको महत्वपूर्ण स्रोत भएकाले यसमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा उनले जोड दिए। मुख्यमन्त्री आचार्यले कर्मचारीहरूलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिँदै सेवाग्राहीलाई अनावश्यक रूपमा कुराउने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे।

उनले भने, ‘एक घण्टाभित्र सम्पन्न गर्न सकिने काम एक घण्टाभित्रै गरिदिनुहोस्।’ साथै, उनले यातायातसम्बन्धी कामकारबाहीमा अनुशासन कायम राख्दै कानुनको पूर्ण पालना गर्न कर्मचारीहरूलाई सचेत गराएका छन्।

2