काठमाडौं। गते रसुवाको भोटेकोसी नदीमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ सहयोग गरेको छ।
एसोसिएसनले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम भदौ २४ गते अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।
प्राप्त जानकारी अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यस सहयोगले बाढी र पहिरोका कारण घरबार गुमाएका तथा सम्पत्ति क्षति व्यहोरेका नागरिकहरूको राहत कार्यमा मद्दत पुग्ने विश्वास एमपीआईएले लिएको छ।
रकम हस्तान्तरण कार्यक्रममा एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल र सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो।
सो अवसरमा अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले सदस्य संस्थाहरूले देखाएको सद्भाव र सहयोगको प्रशंसा गर्दै सबैलाई धन्यवाद व्यक्त गरे।
