भरतपुर। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणका लागि चितवनको महानगरीय क्रिस्टियन समाजले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ।
समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा बुधबार सो रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो।
