Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

काठमाडौंका तीन खाद्य पसलमा अनुगमन, म्याद गुज्रेका सामग्री नष्ट

काठमाडौंका तीन खाद्य पसलमा अनुगमन, म्याद गुज्रेका सामग्री नष्ट
A A+ A-

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका र गुणस्तरहीन खाद्य पदार्थ फेला पारेको छ। विभागले बुधबार विभिन्न तीन खाद्य व्यवसायमा आकस्मिक तथा नियमित निरीक्षण गरेको थियो।

बाबुलाटारस्थित आकाश फुड्समा गरिएको अनुगमनका क्रममा म्याद नाघेका आठवटा लड्डु फेला परेका छन्। विभागका अनुसार पानीपुरीमा प्रयोग गरिने आलुको मिश्रणमा अस्वाभाविक गन्ध आएको थियो। म्याद गुज्रेका लड्डु नष्ट गरिएको छ भने उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त व्यवसायलाई रु. तीन लाख जरिवाना गरिएको छ।

त्यस्तै, चन्द्रागिरीस्थित सुजल डेरी प्रा.लि. को निरीक्षणमा दूध प्रशोधन र प्रयोगशालाको अवस्था सन्तोषजनक पाइएको छ। विभागले कर्मचारीको व्यक्तिगत सरसफाइमा थप ध्यान दिन निर्देशन दिँदै थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरेको छ।

बाफलस्थित बाजेको डेरी पसलमा गरिएको अनुगमनका क्रममा सरसफाइको अवस्था सन्तोषजनक नभएको पाइएको छ। पसलमा खुल्ला दही र दूध बिक्री भइरहेको, केही खाद्य पदार्थमा पूर्ण लेबल विवरण नभएको र व्यवसाय दर्ताको स्थानमा समेत समस्या देखिएको छ।

विभागले उक्त पसललाई सरसफाइमा सुधार गर्न निर्देशन दिँदै दही र दूधको नमुना परीक्षणका लागि संकलन गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार बजार अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ।

2