काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ४ हजार आठ सय रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा २ सय ५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो।
