Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

ग्यासमा कालोबजारी गर्ने दुई व्यवसायीलाई जनही ३ लाख जरिवाना

ग्यासमा कालोबजारी गर्ने दुई व्यवसायीलाई जनही ३ लाख जरिवाना
A A+ A-

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताबाट बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई ६ लाख रुपैयाँ जरिवाना गरेको छ। बजारमा ग्यासको कालोबजारी र अनियमितता बढेको सूचनाका आधारमा विभागको टोलीले एक ग्यास विक्रेता र एक अटो ग्यास रिफिलिङ पम्पलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गराएको हो।

विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका-६, चखडोलस्थित अनिल किराना पसलले सुगम लगायतका ग्यास प्रतिसिलिन्डर २ हजार ६०० रुपैयाँसम्ममा बिक्री गरिरहेको फेला परेको थियो। उपभोक्ताको उजुरीपछि स्थलगत अनुगमनमा गएको टोलीले सरकारले तोकेको आधिकारिक दरभन्दा बढी मूल्य लिने र ढुवानी भाडाको बहाना बनाएर उपभोक्ता ठग्ने गरेको पाइएपछि पसललाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो।

त्यसैगरी, ललितपुरको बालकुमारीस्थित एक ग्यास पम्पलाई पनि ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त पम्पले ग्यास टेम्पो र माइक्रोलाई ग्यास नदिई आफ्ना मान्छे र पहुँचवालालाई मात्र वितरण गरेको र बिक्रीको आधिकारिक बिलसमेत नराखेको अभियोगमा कारबाही गरिएको हो। पसललाई हिजो र पम्पलाई केही दिनअघि जरिवाना गरिएको विभागले जनाएको छ।

वाणिज्य विभागका सूचना अधिकारी अनिल किरातीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्तालाई मर्कामा पार्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने बताएका छन्। विभागले उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनलाई तीव्र पारेको छ र उपभोक्तालाई ठगी वा अनियमितता भेटिएमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ।

2