udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कम्बोडिया : विनाशबाट विकासको यात्रासम्म

खमेर रुजको नरसंहार र दशकौँको द्वन्द्वले तहसनहस भएको कम्बोडियाले कृषि, वस्त्र, पर्यटन र विदेशी लगानीबाट अर्थतन्त्रलाई क्रमशः पुनर्निर्माण गर्‍यो।

कम्बोडिया : विनाशबाट विकासको यात्रासम्म
A A+ A-

सन् १९७० को दशकको अन्त्यमा कम्बोडिया एउटा सामान्य आर्थिक संकटमा थिएन।

देशको आर्थिक र सामाजिक संरचना नै भत्किएको थियो। सहर खाली गराइएका थिए। पैसा हटाइएको थियो। निजी सम्पत्ति समाप्त गरिएको थियो।

कृषि सामूहिकीकरण गरिएको थियो। उद्योग र व्यापार प्रणाली ध्वस्त थिए। विद्यालय, स्वास्थ्य संस्था र प्रशासनिक संरचना कमजोर अवस्थामा पुगेका थिए। सबैभन्दा ठूलो क्षति भने मानिसको थियो।

सन् १९७५ देखि १९७९ सम्म खमेर रुजको शासनमा कम्बोडियामा १५ लाखभन्दा बढी मानिसको मृत्यु भएको विश्व बैंकका अध्ययनले देखाउँछन्।

शिक्षित वर्ग, कर्मचारी, व्यवसायी र मध्यम वर्गको ठूलो हिस्सा मारियो वा देशबाट विस्थापित भयो। यसले अर्थतन्त्रबाट पूँजी मात्र होइन, आवश्यक मानवीय क्षमता पनि खोस्यो।

तर १९७९ मा खमेर रुजको शासन हटेपछि पनि कम्बोडियाको कठिन समय सकिएको थिएन। त्यसपछिका वर्षमा गृहयुद्ध, राजनीतिक संघर्ष र अस्थिरता जारी रह्यो।

१९९१ को पेरिस शान्ति सम्झौतापछि राजनीतिक स्थायित्वतर्फ बाटो खुले पनि पूर्ण शान्ति आउन १९९० को दशकको अन्त्यसम्म पर्खिनुपर्‍यो। सन् १९९८ पछि भने देशले तुलनात्मक रूपमा स्थिर वातावरण पायो।

त्यसपछि कम्बोडियाले अर्थतन्त्र उठाउने बाटो खोज्यो। खेतबाट सुरु भएको पुनर्निर्माण विस्तारै कारखानासम्म पुग्यो। कृषि अर्थतन्त्रमा वस्त्र उद्योग थपियो। त्यसपछि पर्यटन आयो। विदेशी लगानी भित्रियो। निर्यात बढ्यो।

ग्रामीण श्रम बजारबाट उद्योगतर्फ मानिस सर्न थाले। विश्व अर्थतन्त्रसँग जोडिँदै जाँदा कम्बोडियाले आफ्नो अर्थतन्त्रको संरचना नै परिवर्तन गर्‍यो।

भग्नावशेषबाट पुनर्निर्माणतर्फ

१९७९ पछि कम्बोडियाको पहिलो चुनौती आर्थिक वृद्धि थिएन। मानिसलाई खाना, जमिन र आधारभूत सेवा उपलब्ध गराउनु थियो।

खमेर रुज शासनका क्रममा भूमि अभिलेख र प्रशासनिक कागजातको ठूलो हिस्सा नष्ट भएको थियो। धेरै मानिस विस्थापित भएका थिए। ग्रामीण क्षेत्रमा फर्किएका परिवारले उपलब्ध जमिनमा खेती गर्न थाले।

विश्व बैंकका अनुसार १९८० को दशकको अन्त्यतिर भूमि वितरण र आर्थिक उदारीकरणको प्रक्रिया सुरु भयो।

सन् १९८९ मा सामूहिक खेतीको संरचना खुकुलो पार्दै निजी स्वामित्व र बजारमुखी उत्पादनतर्फ जाने बाटो खोलियो। त्यसपछि कृषि उत्पादन विस्तार हुन थाल्यो।

सन् १९९० को दशकको मध्यसम्म कम्बोडिया फेरि चामलमा आत्मनिर्भर बन्न पुगेको थियो।

कृषि सुधार कम्बोडियाको पुनर्निर्माणको पहिलो आधार बन्यो। तर कृषि मात्रै पर्याप्त थिएन। देशलाई रोजगारी चाहिएको थियो।

विदेशी मुद्रा चाहिएको थियो। निर्यात बजार चाहिएको थियो। त्यसका लागि कम्बोडियाले श्रमप्रधान उत्पादनलाई विकासको महत्वपूर्ण माध्यम बनायो। यही ठाउँबाट वस्त्र उद्योगको कथा सुरु हुन्छ।

वस्त्र उद्योगले बदल्यो श्रम बजार

कम्बोडियाले सन् १९९० को दशकदेखि वस्त्र तथा तयारी पोसाक उद्योगलाई निर्यातको मुख्य आधार बनाउन थाल्यो।

तुलनात्मक रूपमा सस्तो श्रम, ठूलो युवा जनसंख्या र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने नीतिले विदेशी लगानी आकर्षित गर्‍यो।

कारखाना खुले। ग्रामीण क्षेत्रबाट युवा श्रमिक सहर र औद्योगिक क्षेत्रमा आउन थाले। विशेषगरी महिलाका लागि ठूलो संख्यामा औपचारिक रोजगारी सिर्जना भयो। कृषि बाहिरको रोजगारी विस्तार भयो। परिवारको आम्दानी बढ्न थाल्यो।

यसले कम्बोडियाको अर्थतन्त्रमा संरचनात्मक परिवर्तन ल्यायो। विश्व बैंकका अनुसार सन् १९९७ देखि २००७ बीच कम्बोडियाको प्रतिव्यक्ति आम्दानी २८५ अमेरिकी डलरबाट ५९३ अमेरिकी डलर पुगेको थियो।

यही अवधिमा कृषि रोजगारीबाट उत्पादनमूलक क्षेत्रमा श्रम सर्ने क्रम तीव्र भयो र गरिबी पनि उल्लेख्य रूपमा घट्यो।

वस्त्र उद्योग विस्तारसँगै कम्बोडियाले विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै लग्यो। कपडा, यात्रा सामग्री, जुत्ता र पछि साइकलजस्ता वस्तु निर्यातका महत्वपूर्ण आधार बने।

पछिल्लो तथ्यांकले पनि यही संरचना अझै महत्वपूर्ण रहेको देखाउँछ। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्बोडियाको कपडा, यात्रा सामग्री, जुत्ता र साइकलको निर्यात ११.६ प्रतिशतले बढेको विश्व बैंकले जनाएको छ।

यसको अर्थ कम्बोडियाको आर्थिक पुनरुत्थानमा उद्योगले केवल उत्पादन बढाएन। उसले रोजगारीको स्वरूप बदल्यो, महिलाको श्रम सहभागिता बढायो र ग्रामीण अर्थतन्त्रलाई सहरी उद्योगसँग जोड्यो।

पर्यटनले अर्को ढोका खोल्यो

कम्बोडियाको अर्को ठूलो आर्थिक सम्पत्ति प्राकृतिक स्रोतभन्दा फरक थियो। त्यो थियो इतिहास र संस्कृति।

अङ्कोर वाट विश्व पर्यटनको आकर्षण बन्यो। युद्ध र नरसंहारको छविबाट बाहिर निस्कँदै कम्बोडियाले आफ्नो सांस्कृतिक सम्पदालाई आर्थिक अवसरमा बदल्न थाल्यो।

पर्यटन बढ्दै जाँदा होटल, यातायात, रेस्टुरेन्ट, व्यापार र सेवा क्षेत्रमा रोजगारी बढ्यो। राजधानी नोम पेन्हदेखि सिएम रीपसम्म आर्थिक गतिविधि विस्तार भयो।

कोभिड महामारीअघि कम्बोडियाको पर्यटन क्षेत्र निकै महत्वपूर्ण विदेशी मुद्रा स्रोत बनिसकेको थियो।

महामारीपछि पर्यटन पुनरुत्थान हुँदै गयो। विश्व बैंकका अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १६.१ प्रतिशतले बढेको थियो। यद्यपि त्यो संख्या सन् २०१९ को महामारीपूर्व स्तरभन्दा अझै कम थियो।

पर्यटनले कम्बोडियालाई एउटा महत्वपूर्ण पाठ पनि दियो। आर्थिक पुनर्निर्माण केवल कारखाना बनाएर हुँदैन। देशसँग भएको सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पत्तिलाई बजारसँग जोड्न सके त्यसले पनि रोजगारी र विदेशी मुद्रा सिर्जना गर्न सक्छ।

विदेशी लगानीसँग जोडिएको अर्थतन्त्र

कम्बोडियाको पुनरुत्थानमा विदेशी लगानी निर्णायक बन्यो। घरेलु पूँजी सीमित रहेको अवस्थामा विदेशी लगानीले उद्योग, निर्माण, कृषि, सेवा र पूर्वाधारमा पूँजी ल्यायो।

विश्व बजारसँग जोडिन कम्बोडियाले व्यापार तथा लगानीका लागि तुलनात्मक रूपमा खुला नीति अपनायो। विदेशी कम्पनीले उत्पादन स्थापना गरे। निर्यातका लागि बजार विस्तार भयो। अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा कम्बोडियाको प्रवेश भयो।

पछिल्लो तथ्यांकले पनि विदेशी लगानीको भूमिका बलियो रहेको देखाउँछ। सन् २०२५ मा कम्बोडियामा प्रत्यक्ष विदेशी लगानी ५.१ अर्ब अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ।

यसबाट करिब चार लाख औपचारिक रोजगारी सिर्जना भएको अनुमान छ। कृषि क्षेत्रबाट उद्योगतर्फ सर्ने श्रमिक र विदेशबाट फर्किएका कामदारका लागि समेत यसले रोजगारीको अवसर दिएको छ।

यही कारण कम्बोडियाको आर्थिक संरचनामा विदेशी लगानी केवल पूँजीको स्रोत रहेन। त्यो रोजगारी, उत्पादन र निर्यातको माध्यम पनि बन्यो।

तर यही मोडलको सीमासमेत देखिन थालेको छ। विश्व बैंकले कम्बोडियाले कपडा र निर्माणमा अत्यधिक निर्भरता घटाएर उच्च मूल्य अभिवृद्धि हुने उत्पादन र सेवातर्फ जानुपर्ने आवश्यकता औँल्याएको छ।

अर्थात् पहिलो चरणमा विदेशी लगानीले कम्बोडियालाई उठायो। अब दोस्रो चरणमा त्यही लगानीलाई प्रविधि, सीप र उच्च उत्पादकत्वसँग जोड्नुपर्ने चुनौती छ।

गरिबी घट्यो, अर्थतन्त्र बदलियो

कम्बोडियाको पुनर्निर्माणको सबैभन्दा महत्वपूर्ण उपलब्धि गरिबी घट्नु हो। युद्धपछिको प्रारम्भिक अवस्थामा देशको ठूलो जनसंख्या अत्यन्त कमजोर आर्थिक अवस्थामा थियो।

विश्व बैंकका अनुसार सन् १९९३–९४ मा कम्बोडियाको गरिबी दर करिब ४५ देखि ५० प्रतिशतको बीचमा थियो। सन् २००७ सम्म यो करिब ३० प्रतिशतमा झरेको थियो। त्यस अवधिमा प्रतिव्यक्ति आम्दानी दोब्बरभन्दा बढी भएको थियो।

आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य, सडक, विद्युत् र सहरी पूर्वाधारमा विस्तार भयो। गाउँबाट सहरतर्फ रोजगारीका लागि जाने क्रम बढ्यो। नयाँ पुस्ता उद्योग र सेवाक्षेत्रमा प्रवेश गर्न थाल्यो।

कम्बोडियाले सन् २०२० मा कोभिडका कारण २५ वर्षपछि पहिलोपटक आर्थिक मन्दी बेहोरेको थियो। अर्थतन्त्र ३.६ प्रतिशतले खुम्चियो। तर त्यसपछि पुनः सुधार हुँदै सन् २०२४ मा आर्थिक वृद्धि करिब ६ प्रतिशत पुगेको विश्व बैंकको अनुमान छ।

सन् २०२५ मा भने विश्व अर्थतन्त्रको अनिश्चितता, सम्पत्ति बजारको कमजोरी र व्यापारिक दबाबका कारण वृद्धिदर केही सुस्त हुने अनुमान गरिएको थियो।

डिसेम्बर २०२५ को विश्व बैंक प्रक्षेपणले वृद्धि ४.८ प्रतिशत रहने अनुमान गरेको थियो।

यसले एउटा महत्वपूर्ण तथ्य देखाउँछ। कम्बोडिया अब युद्धपछिको पुनर्निर्माणको अर्थतन्त्रमा मात्र छैन। ऊ विश्व अर्थतन्त्रसँग जोडिएको खुला अर्थतन्त्र बनिसकेको छ। त्यसैले बाह्य बजारमा आउने परिवर्तनले उसलाई प्रत्यक्ष असर गर्छ।

अब सस्तो श्रमबाट माथि उठ्ने चुनौती

कम्बोडियाको पहिलो आर्थिक रूपान्तरण कृषि थियो। दोस्रो वस्त्र र श्रमप्रधान उत्पादन। तेस्रो पर्यटन र सेवा। अब चौथो चरणमा उच्च मूल्यका उत्पादन र विविधीकृत अर्थतन्त्र निर्माण गर्नुपर्ने दबाब छ।

विश्व बैंकले सन् २०२५ मै कम्बोडियाले निर्माण र वस्त्र निर्यातमा रहेको निर्भरता घटाएर उच्च मूल्य अभिवृद्धि हुने उत्पादन तथा सेवातर्फ जानुपर्ने बताएको थियो।

निजी लगानी, रोजगारी र आर्थिक वृद्धिलाई टिकाइराख्न कर प्रणाली सुधार, पूर्वाधार, मानव पुँजी र व्यवसायिक वातावरण सुधार आवश्यक रहेको उसको निष्कर्ष छ।

सन् २०२६ को पछिल्लो विश्व बैंक मूल्यांकनले पनि कम्बोडियाको अर्थतन्त्रमा बाह्य र आन्तरिक दबाब बढेको देखाएको छ।

सन् २०२५ मा प्रत्यक्ष विदेशी लगानी ५.१ अर्ब अमेरिकी डलर पुगे पनि सम्पत्ति बजारको कमजोरी, विदेशबाट फर्किएका कामदारको संख्या र बढ्दो इन्धन लागतले अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ।

सन् २०२६ को आर्थिक वृद्धि ३.९ प्रतिशतमा झर्ने र २०२७ मा ४.९ प्रतिशतमा फर्कने प्रक्षेपण गरिएको छ।

यसको अर्थ कम्बोडियाको पुनर्निर्माण सफल भयो, तर विकासको यात्रा सकिएको छैन।

अब उसले सस्तो श्रममा आधारित उद्योगलाई उच्च उत्पादकत्वमा लैजानुपर्छ। घरेलु उद्योगलाई विदेशी कम्पनीसँग जोड्नुपर्छ। उत्पादनको मूल्य शृंखलामा माथि जानुपर्छ। पर्यटनलाई गुणस्तरीय बनाउनुपर्छ। कृषि उत्पादनलाई प्रशोधन र निर्यातसँग जोड्नुपर्छ।

कम्बोडियाले २०५० सम्म उच्च आय भएको मुलुक बन्ने लक्ष्य राखेको छ। त्यसका लागि अहिलेसम्मको विकास मोडललाई अर्को चरणमा लैजानुपर्नेछ।

कम्बोडियाको कथा त्यसैले केवल खमेर रुजको विनाशपछि उठेको देशको कथा होइन।

यो राज्य र समाज पूर्ण रूपमा भत्किएको अवस्थाबाट क्रमशः संस्थाहरू पुनर्निर्माण गर्ने, मानिसलाई उत्पादनमा फर्काउने, कृषि उठाउने, उद्योग खोल्ने, विदेशी लगानी भित्र्याउने र विश्व बजारमा प्रवेश गर्ने लामो यात्राको कथा हो।

सन् १९७० को दशकको अन्त्यमा कम्बोडियासँग पैसा थिएन, उद्योग थिएन, व्यवस्थित बजार थिएन र ठूलो मानवीय क्षति भएको थियो।

आज त्यही देशमा ५ अर्ब डलरभन्दा बढी वार्षिक प्रत्यक्ष विदेशी लगानी आउँछ, वस्तु निर्यात तीव्र गतिमा बढिरहेको छ र उद्योगले लाखौँ रोजगारी सिर्जना गरिरहेको छ।

नेपालका लागि कम्बोडियाको पाठ पनि यहीँ छ। पुनर्निर्माणको सुरुवात पैसा खोजेर मात्र हुँदैन। पहिले उत्पादनमा फर्किनुपर्छ। त्यसपछि रोजगारी सिर्जना गर्नुपर्छ। त्यसलाई बजारसँग जोड्नुपर्छ।

विदेशी लगानीलाई उद्योगमा बदल्नुपर्छ। पर्यटनलाई आम्दानीमा बदल्नुपर्छ। कृषि उत्पादनलाई मूल्य शृंखलामा लैजानुपर्छ।

कम्बोडिया खमेर रुजको नरसंहारबाट एकैपटक उठेको होइन। उसले चार दशकभन्दा बढी समय लगायो।

बीचमा युद्ध भयो, राजनीतिक संकट आए, गरिबी रह्यो, आर्थिक संकट आए। तर उत्पादन र रोजगारी विस्तार हुँदै गएपछि अर्थतन्त्रको आधार बलियो बन्दै गयो।

विनाशले कम्बोडियाको इतिहास बदल्यो। तर त्यसपछि लिइएका आर्थिक निर्णयले उसको भविष्य बदल्न थाले। यही कारण कम्बोडियाको कथा भग्नावशेषबाट उठेको मुलुकको कथा बनेको हो।

नेपालले कम्बोडियाबाट के सिक्ने ?

कम्बोडियाको पुनर्निर्माणको सबैभन्दा ठूलो पाठ भनेको संकटपछि विकास आफैँ फर्किँदैन भन्ने हो। त्यसका लागि राज्यले स्पष्ट आर्थिक दिशा लिनुपर्छ।

कम्बोडियाले युद्ध र राजनीतिक अस्थिरताबाट बाहिर निस्किएपछि कृषि उत्पादन बढायो, उद्योगका लागि विदेशी लगानी भित्र्यायो, वस्त्र उद्योगलाई निर्यातसँग जोड्यो र पर्यटनलाई विदेशी मुद्रा कमाउने क्षेत्र बनायो।

नेपालसँग पनि कृषि, पर्यटन, जलविद्युत्, श्रमशक्ति र प्राकृतिक स्रोतका आधार छन्। तर ती आधारलाई उत्पादन, रोजगारी र निर्यातसँग जोड्ने काम अझै कमजोर छ।

नेपालले कम्बोडियाबाट अर्को महत्वपूर्ण पाठ विदेशी लगानीसम्बन्धी नीति र कार्यान्वयनमा लिन सक्छ। लगानी भित्र्याउने घोषणा मात्र पर्याप्त हुँदैन। उद्योग खोल्न सहज वातावरण, जग्गा, विद्युत्, पूर्वाधार, श्रम, कर प्रणाली र नीतिगत स्थिरता आवश्यक हुन्छ।

कम्बोडियाले विदेशी कम्पनीलाई उत्पादन र निर्यातको आधार बनायो। नेपालले पनि विदेशी लगानीलाई केवल परियोजनाको संख्यामा होइन, कति उत्पादन भयो, कति रोजगारी सिर्जना भयो, कति निर्यात बढ्यो र कति प्रविधि भित्रियो भन्ने आधारमा हेर्नुपर्ने हुन्छ।

नेपालका लागि कृषि क्षेत्रमा पनि कम्बोडियाको अनुभव उपयोगी छ। कम्बोडियाले कृषि उत्पादन बढाएर त्यसलाई क्रमशः उद्योग र बजारसँग जोड्यो। नेपालमा ठूलो श्रमशक्ति अझै कृषिमा निर्भर भए पनि कृषि उत्पादन, प्रशोधन र निर्यातबीच बलियो सम्बन्ध बन्न सकेको छैन।

धान, फलफूल, तरकारी, चिया, कफी, जडीबुटी तथा पशुजन्य उत्पादनलाई प्रशोधन उद्योगसँग जोड्न सके कृषि रोजगारीको क्षेत्र मात्र नभएर उद्योग र निर्यातको आधार बन्न सक्छ।

वस्त्र उद्योगको अनुभव नेपालका लागि अझ प्रत्यक्ष पाठ हो। कम्बोडियाले ठूलो प्राकृतिक स्रोतबिना पनि श्रमप्रधान उद्योगबाट लाखौँ रोजगारी सिर्जना गर्‍यो। नेपालमा ठूलो युवा श्रमशक्ति विदेशमा छ।

यही श्रमशक्तिलाई स्वदेशमै उत्पादनमा जोड्न उद्योग, निर्यातमुखी उत्पादन र सीप विकासमा केन्द्रित नीति आवश्यक छ। सस्तो श्रममा मात्र टिक्ने होइन, सीप, प्रविधि र उत्पादकत्व बढाउँदै उच्च मूल्यका वस्तु उत्पादन गर्ने दिशामा जानुपर्ने हुन्छ।

कम्बोडियाको अर्को पाठ पर्यटनमा छ। अङ्कोर वाटलाई उसले केवल ऐतिहासिक सम्पदाका रूपमा राखेन, त्यसलाई होटल, यातायात, सेवा, रोजगारी र विदेशी मुद्रा आम्दानीसँग जोड्यो।

नेपालसँग सगरमाथादेखि लुम्बिनी, पोखरादेखि जनकपुर र सयौँ सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन्। तर पर्यटक ल्याउनेभन्दा पनि पर्यटकले नेपालमा कति खर्च गर्छ, कति दिन बस्छ र त्यसबाट स्थानीय उत्पादन तथा रोजगारीमा कति प्रभाव पर्छ भन्नेमा ध्यान दिनुपर्ने अवस्था छ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको कम्बोडियाले विनाशपछि पनि उत्पादनको बाटो छोडेन।

नेपाल युद्धबाट कम्बोडियाजस्तो ध्वस्त भएको मुलुक होइन। तर लामो राजनीतिक संक्रमण, कमजोर औद्योगिक आधार, बेरोजगारी, ठूलो व्यापार घाटा र वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रका कारण नेपालले आफ्नै आर्थिक चुनौती सामना गरिरहेको छ।

त्यसैले कम्बोडियाको अनुभव नेपालका लागि नक्कल गर्ने नमुना होइन, संकटपछि अर्थतन्त्रलाई कसरी उत्पादन, रोजगारी, लगानी र निर्यातको चक्रमा जोड्ने भन्ने एउटा महत्वपूर्ण पाठ हो।

कम्बोडियाले भग्नावशेषबाट उठ्दा पहिले उत्पादन सुरु गर्‍यो, त्यसपछि रोजगारी सिर्जना गर्‍यो र विस्तारै विश्व बजारसँग जोडियो।

नेपालले पनि अब यही क्रमलाई आफ्नै सम्भावनाअनुसार अघि बढाउनुपर्नेछ। नेपालको आर्थिक पुनरुत्थानको बाटो पनि भाषणबाट होइन, उद्योगबाट, रोजगारीबाट, उत्पादनबाट र निर्यातबाट बन्न सक्छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action