Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सडक र चाडबाडको बहानामा काठमाडौंमा तरकारीको मूल्य अचाक्ली

सडक र चाडबाडको बहानामा काठमाडौंमा तरकारीको मूल्य अचाक्ली
A A+ A-

काठमाडौं। काठमाडौं उपत्यकामा तरकारी र फलफूलको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। चाडपर्व नजिकिँदै गर्दा र बाढी-पहिरोले यातायात अवरुद्ध भएको बहाना बनाउँदै व्यवसायीहरूले मूल्य बढाएपछि उपभोक्ता मारमा परेका छन्।

जडीबुटीस्थित तरकारी मण्डीमा सामान किन्न पुगेकी शोभा महर्जनले तरकारीको भाउ सुनेर आफू चकित परेको बताइन्। उनले भनिन्, ‘एउटा टमाटर, एउटा प्याज, एउटा काउली किन्न पर्ने स्थिति आइसक्यो। किलोमा किन्न सक्ने अवस्था नै रहेन।’

व्यापारीहरू भने ढुवानी समस्या र बाटोमा तरकारी बिग्रिने समस्याका कारण मूल्य बढाउन बाध्य भएको तर्क गर्छन्। कालिमाटीमा मोक्तान तरकारी हाउसकी सञ्चालक कल्पना तामाङका अनुसार मुग्लिनतर्फको सडक अवरुद्ध हुँदा चितवन तथा तराईका तरकारी हेटौँडा-पालुङको लामो बाटो हुँदै ल्याउनुपर्दा लागत बढेको छ। यद्यपि, केही व्यवसायीहरूले विपद्को समयमा नाफाको मार्जिन बढाएको कुरा अनौपचारिक रूपमा स्वीकार गरेका छन्।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले प्रभावकारी अनुगमनको अभावमा बजारमा कालोबजारी मौलाएको आरोप लगाएका छन्। अधिकारकर्मी विनुजा दाहालले सरकार दैनिक उपभोग्य वस्तुको मूल्य शृङ्खलाप्रति उदासीन रहेको बताइन्। ‘बजारमा सरकारको उपस्थिति नदेख्दा कार्टेलिङ, सिन्डिकेट र कालोबजारी मौलाउनु स्वाभाविक हो,’ उनले भनिन्।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो एक महिनामा तरकारीको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ। साउन २८ देखि भदौ २९ गतेसम्मको अवधिमा गोलभेडाको मूल्य ६३.६४ प्रतिशतले बढेर ४५ रुपैयाँ पुगेको छ। त्यस्तै, प्याजको मूल्य ५८.८१ प्रतिशतले वृद्धि भई ९० रुपैयाँ पुगेको छ। कागतीको मूल्य २२५ रुपैयाँबाट बढेर ३७५ रुपैयाँ पुगेको छ भने हाइब्रिड मूलाको मूल्य ७० प्रतिशतले वृद्धि भएको छ। उपत्यकाका बल्खु, माछापोखरी, जडीबुटी र भक्तपुरका बजारमा पनि मूल्यको अवस्था उस्तै छ।

2