Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीपीडितलाई सहयोग गर्न सांस्कृतिक कार्यक्रम

बाढीपीडितलाई सहयोग गर्न सांस्कृतिक कार्यक्रम
A A+ A-

काठमाडौं। फेसियल हाउसले आयोजना गरेको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ लाई यस वर्ष सामाजिक उत्तरदायित्वसँग जोडिएको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले शनिबार काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

‘चाडपर्व पनि मनाऔँ, बाढीपीडितलाई पनि सहयोग गरौँ’ भन्ने नाराका साथ सञ्चालित सो कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ब्राइडल मेकअप प्रतियोगितासमेत समावेश थियो। कार्यक्रममा सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।

फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले चाडपर्वलाई सामाजिक सेवासँग जोड्ने प्रयासस्वरूप यो अभियान सञ्चालन गरिएको बताइन्। उनले भनिन्, ‘संस्कृति पनि जोगिन्छ, आफन्त र साथीभाइसँग भेटघाट पनि हुन्छ। त्यससँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्न पनि सकिन्छ। त्यसैले यस वर्षको कार्यक्रमलाई बाढीपीडितलाई सहयोग गर्ने अभियानसँग जोडेर आयोजना गरेका हौँ।’

कार्यक्रममा आयोजित ब्राइडल मेकअप प्रतियोगितामा २५ जना प्रतिस्पर्धी सहभागी थिए। प्रतियोगितामा सुनिता राई विजेता बनिन् भने अस्लिना गुरुङ फस्र्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप घोषित भए। त्यस्तै, जुनु श्रेष्ठ बेस्ट पर्फमर, मुना राई बेस्ट र्याम्प वाक, सुनिता लामा बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन तथा सरु गुरुङ स्टाइल आइकन अफ द इभेन्ट घोषित भइन्। विजेताहरूलाई क्राउनसमेत लगाइएको थियो।

विभिन्न सांस्कृतिक प्रस्तुति र नाचगानसहित सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। फेसियल हाउसले स्थापनाकालदेखि नै हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

2